अध्यक्ष प्रचण्डले भने : शिक्षा क्षेत्रको बजेट २० प्रतिशत पुर्‍याउँछौं

अध्यक्ष प्रचण्डले भने : शिक्षा क्षेत्रको बजेट २० प्रतिशत पुर्‍याउँछौं

चितवन : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा क्षेत्रको बजेट २० प्रतिशत पुर्‍याउने दिशामा सरकार बढिरहेको बताएका छन् ।

चितवनको खैरहनीमा बिहीबार कंकाली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘उच्चस्तरीय शिक्षा आयोगको तर्फबाट भर्खरै एउटा प्रतिवेदन तयार पारेर अब त्यसलाई विधेयकमा परिवर्तन गर्ने र संसदबाट त्यसलाई पारित गरेर शिक्षा क्षेत्रमा सुधारको प्रयासमा सरकार लागेको छ’, उनले भने, ‘सबै शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउने लक्ष्य पूरा गर्ने दिशामा हामी छौं ।’

दाहालले शिक्षा नै विकास र समृद्धिको आधार भएको भन्दै शिक्षामा गुणात्मक रुपले प्रगति र सुधार सुनिश्चित नभई एउटा राष्ट्रमा समृद्धिको कल्पना गर्नु निरर्थक हुने बताए ।

निजी क्षेत्र र सामुदायिक क्षेत्रबीच शिक्षाको सन्तुलन मिलाउन पार्टी र सरकारको ध्यान केन्द्रित भएको उनको भनाइ छ । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने र निजी क्षेत्रलाई नियमन गर्दै लैजानेतर्फ पार्टीको ध्यान गएको उनले बताए । 

‘राजनीतिक स्थिरताको वातावरण बनाइएको छ । अहिले समृद्धि र विकासको निम्ति सबै क्षेत्रमा हामीले संविधानमा व्यवस्था गरे अनुसार शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता जनताका आधारभुत क्षेत्रहरुलाई मौलिक अधिकारको रुपमा कानुनतः व्यवस्था गरिएको स्थिति छ,’ अध्यक्ष दाहालले भने, ‘कानुनमा व्यवस्था भए अनुसार यो क्षेत्रमा प्रभावकारी कार्यान्वयनतिर जाने चुनौती हाम्रो अगाडि छ । त्यसले राष्ट्रिय एकता र सहमतिको माग गरेको छ । हामी त्यो दिशातिर अगाडि बढ्ने संकल्पमा छौँ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.