भक्तपुर क्यान्सर अस्पतालमा न्यूरो अप्रेसन सुरु

भक्तपुर क्यान्सर अस्पतालमा न्यूरो अप्रेसन सुरु

भक्तपुर : भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालले स्नायु शल्यक्रिया (न्यूरो अप्रेसन) सुरु गरेको छ। न्यूरो सर्जन डा. राजीव शाहको नेतृत्वको टोलीले बुधबार अस्पतालकै पहिलो न्यूरो अप्रेसन गरेको हो।

अस्पतालले ३५ वर्षीया महिलाको टाउकोको अप्रेसन गरी सर्भाइकल स्पाइनल ट्युमर निकालेको अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले जानकारी दिए।

अहिले बिरामीको अवस्था सामान्य रहेको उनी बताउँछन्। मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठका अनुसार बिरामी एक महिनाअघि टाउकोमा ट्युमरको पोको लिएर अस्पतालको बहिरंग सेवामा आएकी थिइन्।

अप्रेसन गरेर करिब ३० ग्रामको ट्युमर निकाल्न सफल भएको न्यूरो सर्जन डा. शाहले जानकारी दिए। करिब चार घन्टा लगाएर अप्रेसन गरिएकी बिरामीको अवस्था सामान्य रहेको उनी बताउँछन्।'न्यूरो अप्रेसन सफल भएको छ,' उनले भने, 'बिरामीको अवस्था सामान्य छ।'

उनका अनुसार उक्त ट्युमर निकाल्न ढिलो भएको भए बिरामीलाई पक्षघात (प्यारालाइसिस) हुनसक्थ्यो। उनको ट्युमर हातखुट्टा र मुखसँग सम्बन्धित मेरुदण्डकै स्नायुको भित्रसम्म पुगेको उनको भनाइ थियो।

अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठले अस्पतालमा न्युरो सर्जरी सुरु भएसँगै अस्पताल पुग्ने न्यूरोसम्बन्धी बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए।

उनका अनुसार अस्पतालमा महिनामा करिब १५ जना ब्रेन ट्युमर तथा न्यूरोका बिरामी आउँछन्।'अब न्यूरोका बिरामीलाई अन्यत्र रिफर गर्न नपर्ने भएको छ', उनले भने, 'अब न्यूरो सर्जरीलाई निरन्तरता दिन्छौं।'

यसअघि माघ २ गते अस्पतालले नेपालमै अत्यन्त जटिल मानिने फोक्सोको क्यान्सरको सफल शल्यक्रिया गरेको छ। वरिष्ठ मुटु, फोक्सो तथा रक्तनलीसम्बन्धी कन्सल्टेन्ट सर्जन डा. मोहनप्रसाद देवभण्डारीको नेतृत्वको टोलीले ६५ वर्षीय एक पुरुष बिरामीको बायाँ फोक्सो पुरै काटेर झिक्ने जस्तो जटिल शल्यक्रिया गरेको थियो।

हाल उक्त बिरामीको स्वास्थ्य पनि सामान्य भई अस्पतालबाट डिस्चार्ज भइसकेको मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठले जानकारी दिए।

कलेजोको क्यान्सर उपचार छिट्टै
उनले अस्पतालमा कलेजोको क्यान्सरको उपचार एवं अप्रेसनसमेत चाँडै सुरु गर्ने तयारी गरिएको बताए। अस्पतालमा कलेजो तथा पित्तथैलीका क्यान्सरका बिरामीहरुको संख्या बढिरहेकाले उक्त सेवा चाँडै सुरु गर्ने तयारी गरिएको उनी बताउँछन्।

उनले अस्पतालमा गैरक्यान्सरसम्बन्धी रोगको शल्यक्रियासमेत सुरु गरिएको जानकारी दिए। उनका अनुसार क्यान्सर अप्रेसनलाई बाधा नपर्ने गरी दिउँसो ३ बजेपछि हर्निया, हाइड्रोसिल, अपेन्डिसाइटिस, पित्तथैलीको पत्थरीलगायतको अप्रेसन सुरु गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.