बाढी प्रभावित क्षेत्रमा आपकालीन आवास
राजविराज : बाढी प्रभावित क्षेत्र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आपतकालीन सामाजिक सुरक्षित आवास (सेल्टर हाउस) बन्ने भएको छ ।
आवासको संयुक्त रुपमा नेपाल रेडक्रस सोसाईटी सप्तरीका सभापति जोगेन्द्र भगत र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले शिलान्यास गरे । शिलान्यास पश्चात गाउँपालिका अध्यक्ष सिंहले तीन महिना भित्र सुरक्षित आवास निर्माण हुने प्रतिवद्धता व्यक्त गरे ।
कुल लागतमा सात लाख रुपैयाँ कोशी वेशिन कार्यक्रमले हस्तान्तरण गर्ने र बाँकी रकम जनश्रमदान र तिलाठी कोइलाडी गाँउपालिकाले प्रदान गर्ने कार्यक्रम अधिकृत थापाले जनाए । सुरक्षित आवास गृहमा एउटा सानो र एउटा ठुलो कोठा बनाईने छ ।
प्रतिक्रिया दिनुहोस !
४