जनताले अपेक्षाअनुसार उपलब्धी पाउन सकेनन् : उपराष्ट्रपति

जनताले अपेक्षाअनुसार उपलब्धी पाउन सकेनन् : उपराष्ट्रपति

परासी : उपराष्ट्रपति नन्दबहादुर पुनले जनताले अपेक्षाअनुसारको उपलब्धी पाउन नसकेको बताएका छन्। सरकारले सिंहदरबारको अधिकार जनताको घर दैलोमा पुर्‍याउने अभियान थालेपनि त्यसले तिव्रता पाउन नसक्दा जनता निराश हुन थालेको उनले बताए।

सातदशक अघि देखिको राजनीतिक विसंगति र विकृतिलाई व्यवस्थित गराउने क्रममा जनताले चाहे अनुसारको उपलब्धि हासिल गर्न नसकेपनि अभियान भने नरोकिएको उपराष्ट्रपतिले बताए।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित बडेरामा बिहीबारदेखि सञ्चालन भएको ‘प्रथम औद्योगिक व्यापार मेला एंव लोक सांस्कृतिक पर्यटन महोत्सव’को उद्घाटन गर्न पुगेका उपराष्ट्रपति पुनले जनताको अपेक्षाअनुसारको कामलाई तीव्रता दिन उनले सरकारको ध्यानआकर्षण गराए।

अझ पनि धेरै कानुन बन्न नसक्दा जनताले अधिकार पाउन नसकेको उनले बताए। एक वर्षभित्र कानुनहरू नबने संवैधानिक संकट आउने भएकाले सरकार त्यसतर्फ गम्भीर भएर लाग्नु पर्नेमा उनले जोड दिए।

‘कानुनहरू नबनेकै कारण तीन तहका सरकारबीच विवाद रहेको छ। संघीय सरकारले स्थानीय तहलाई तौल गरेर अधिकार दिँदा जनताले अधिकारको अनुभूति पाउन नसकेको महसुस गरेकाले सरकारबीच तालमेल हुन जरुरी रहेको पुनले बताए। स्थानीय सरकारले एकै पटक अधिकार खोज्ने भन्दा पनि दिइएका अधिकारलाई कार्यान्वयन गर्नमा लाग्नुपर्नेमा उनको जोड थियो।

‘जनता धनी भए देश धनी हुने हो। देश धनी भए मात्र जनता सुखी र समृद्ध हुने छन्। त्यसैले सरकारले आधुनिक उत्पादन र औद्योगिक क्षेत्रमा ध्यान दिएर काम अघी बढाउने तर्फ लाग्नु पर्छ’ उनले भने।

कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले सुनवल नगरपालिकामा रहेको औद्योगिक, पर्यटन र विकासका संभावनाका बारेमा जानकारी दिँदै त्यसका लगानीको वातावरण मिलाई दिन उपराष्ट्रपति पुन मार्फत सरकारसँग आग्रह गरे। महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.