युवतीलाई मिसकल गर्दा युवकको यस्तो हालत !

युवतीलाई मिसकल गर्दा युवकको यस्तो हालत !

नयाँदिल्ली : प्रविधिका कारण आधुनिक समाज सजिलो त भयो, यसका असरका अनेक रुप देखिँदै गरेका छन् । संचारले जीवन सहज बनाउन भनी मोबाइल बन्यो । अचेल कतिपय ठाउँमा यसलाई दुरुपयोग गर्दा ठूलो नोक्सान ब्यहोर्नु परेको देखिन्छ ।

भारतको राजस्थानस्थित एक गाउँ अनुपगढमा हालैको एक घटना हेर्दा यस्तै देखिन्छ । एक युवकले मोबाइलको दुरुपयोग गर्दा त्यसको नोक्सान उनले ब्यहोर्नुपर्यो । त्यसो त गाउँलेहरु पनि सचेत हुन नसक्दा कतिसम्म क्रुर बन्न सक्ने रहेछन् भन्ने उदाहरण देखिएको छ ।

अघिल्लो हप्ताको घटना हो । यहाँ एक युवकले छिमेकी केटीलाई बारम्बार ‘मिसकल’ गरिरहे । केटीलाई झर्को नै लाग्ने गरी ती युवकले रात दिन मिसकल गरेर दुख दिन्थे ।

एक दिन ती युवतीले फोन गरेरै भेट्न बोलाइन् । भोलिपल्ट युवक उनलाई भेट्न पुर्व निर्धारित ठाउँ पुगे । तर युवती त्यहाँ एक्लै आएकी थिइनन् । उनको साथमा गाउँले पूरै थिए । घटना खासै ठूलो नभए पनि गाउँलेले युवतीलाई मिसकल गरेको कुरालाई निकै ठूलो र संवेदनशील बनाए ।

फलस्वरुप ती युवकले अपराध नै गरे झैँ उनलाई रुखमा बाँधियो र गाउँले मिलेर कुट्न थाले । पालैपालो गाउँलेले उनलाई लौरोले हिर्काउन थाले । युवकको त्रुटीलाई ठूलो विषय बनाएर निर्घात कुटपिट गरेको यही भिडियो अहिले सामाजिक संजालमा भाइरल बनाइएको छ ।

भारतीय मिडिया दैनिकभास्करले भिडियाे रिपाेर्ट नै बनाएपछि उक्त भिडियाेले बढी चर्चा पाएकाे हाे । घटनापछि भने युवकले आफू पीडित भएको भन्दै प्रहरीकहाँ युवतीसहित गाउँलेलाई उजुरी नै दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.