शारदा पौडेलको 'निशाको निशानी' सार्वजनिक

शारदा पौडेलको 'निशाको निशानी' सार्वजनिक

काठमाडौं : मुक्तककार एवं कथाकारका रुपमा परिचित निशा पौडेलको मुक्तक संग्रह 'निशाको निशानी' विमोचन भएको छ। वरिष्ठ गीतकार रत्नध्वज थापाले कृर्तिको विमोचन गरेका हुन्। कार्यक्रममा थापाले नेपाली मुक्तकको भविष्य अत्यन्त राम्रो रहेको बताए।कार्यक्रममा ज्ञानुवाकर पौडेल, राधेश्याम लेकाली,डारुपक श्रेष्ठ,रमेश पौडेललगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता थियो।

चितवनमा घरभइ विगत लामो समयदेखि स्पेनलाई कर्मथलो बनाउँदै आएकी निशाले यो भन्दा अगाडि छोरीको आँखा लघुकथा संग्रह बजारमा ल्याइसकेकी छन्। निशाले साना विषयलाई समेत मुक्तकमा समेटेर बुबाआमालाई वृद्धाश्रम पठाएर कुकुर पाल्ने सन्तानलाई सृजनामार्फत झटारो हानेकी छन्।

कार्यक्रममा विमोचित संग्रहभित्रका केही मुक्तक वाचन गर्ने क्रममा उनले मुक्तक लेखनमा डा.रुपक श्रेष्ठको सल्लाह,सुझाब र सहयोग मिलेको बताइन्। कृतिको समीक्षा गर्दै साहित्यकार डा. रूपक श्रेष्ठले निशाले युरोपेली मुलुक स्पेनमा नेपाली मुक्तकलाई चिनाएको जिकिर गरे।अर्का समीक्षक गजलकार ज्ञानुवाकर पौडेलले निशाको मुक्तक शिल्प सशक्त रहेको बताए।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष राकाजी कोनेले निशालाई प्रतिष्ठानको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरे। विमोचन समारोहमा प्रतिष्ठानका महासचिव रमेश पौडेलले नेपाली मुक्तक प्रविधिमैत्री विधा भएकाले विश्वव्यापी रूप लिएको बताउँदै निशानी स्वरूप आवरण प्रतिको उडमाउण्ट दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.