डा. केसीको समर्थनमा बाहिरै उपचार

डा. केसीको समर्थनमा बाहिरै उपचार

विराटनगर : अनसनरत डा. गोविन्द केसीको समर्थनमा आन्दोलनरत विराटनगरस्थित कोसी अञ्चल अस्पतालका चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण र उपचार बाहिरै गरेका छन् । 

यसअघि आ–आफ्ना विभाग र कोठाबाट उपचार सेवा प्रदान गर्दै आएका चिकित्सकले शुक्रबार भने बहिरंग (ओपडी) सेवा बन्द गर्दै अस्पताल भवन परिसरमै बिरामीको उपचार गरेका हुन् । 
डा. केसीका माग पूरा हुनुपर्ने र केसीको जीवन रक्षा गरिनुपर्ने माग गर्दै नेपाल चिकित्सक संघ कोसी अञ्चल शाखाको आव्हानमा अस्पतालमा कार्यरत चिकित्सक आन्दोलित छन् । आन्दोलनमा रहेका चिकित्सकले बिहानैदेखि उपचार सेवा लिन आएका बिरामीलाई अस्पतालको आँगनबाटै उपचार गरेका थिए  । 
बिरामीको उपचारका लागि चिकित्सकले आँगनमा कुर्सी र टेबुलको व्यवस्था समेत गरेका थिए । अस्पतालमा शुक्रबार कुनै पनि ओपीडी पुर्जा काटेर बिरामीको उपचार भएन । उपचारका लागि आउनेहरुलाई इमरजेन्सी पुर्जा कटाएर चिकित्सकले बिरामीको उपचार र स्वास्थ्य परीक्षण गरेका हुन् । 
उपचारमा संलग्न चिकित्सकले कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर आन्दोलन गरिएको र सेवालाई भने बाहिरैबाट भए पनि सुचारु राखिएको जानकारी दिए । 
कोसी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. लक्ष्मीनारायण यादवले  ओपीडी सेवा ठप्प भए पनि अन्य सेवा सुचारु रहेको जानकारी दिए । उनले चिकित्सक संघको आग्रहमा ओपीडीको पुर्जा नकाटेर उपचारार्थ आउने बिरामीलाई आकस्मिकको पुर्जा काट्न लगाएर भए पनि सेवा दिइएको बताए । 
विराटनगरमा सञ्चालमा रहेका नोबेल शिक्षण र विराटनगर अस्पताल बाहेक अन्य निजी तथा सरकारी स्वास्थ्य संस्थाका ओपीडी सेवा शुक्रबार बन्द रहे । 
सप्तरीको मधवापुरबाट हाडजोर्नी तथा नशा रोगको उपचार गर्न आएका लखन मण्डलले अस्पतालका चिकित्सकहरुले बाहिरबाटै सेवा दिइरहे पनि रिपोर्ट भने देखाउन नपाएको बताए । ‘अस्पतालको सम्बन्धित विभागबाट सेवा दिइएको भए सजिलो हुने थियो,’ उनले भने, ‘बाहिर आँगनमा सेवा दिने गरिएका कारण चेकजाँच गर्ने चिकित्सक कहाँ छन् भनेर खोज्न समस्या भयो ।’ 
सुनसरीको इटहरी १७ बाट आएका उपेन्द्र साहले चिकित्सकले पुर्जामा लेखेअनुसारको ल्याब परीक्षण गराए पनि त्यसको रिर्पोट देखाउन नसकेकोे सुनाए ।   
यो अस्पतालमा दैनिक प्रदेश १ र २ का विभिन्न जिल्लाबाट आउने एक हजारभन्दा बढी बिरामीले ओपीडी सेवा लिने गरेका छन् । पछिल्लो समय स्वास्थ्य सेवाको हवको रुपमा ख्याती कमाउँदै गएको विराटनगरका स्वास्थ्य संस्थामा भारतको सीमावर्ती क्षेत्रबाट पनि उपचारका लागि आउनेको संख्या बढ्दै गएको छ । 
चिकिसत्कको आन्दोलनका कारण प्रभावकारी सेवा पाउन नसकेपछि भने बिरामीको संख्या घट्दै गएको कोसी अस्पतालका एक कर्मचारीले बताए । ‘दैनिक हजारदेखि एक हजार पाँच सय सम्म बिरामी उपचारका लागि आउँथे,’ उनले भने, ‘दुई÷तीनदिनदेखि संख्या घटेर चार÷पाँच सयमा पुगेको छ ।’ 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.