विद्यालयका भवनमा स्थानीय सरकार

विद्यालयका भवनमा स्थानीय सरकार

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाको आफ्नै भवन नहुँदा एउटा माध्यमिक विद्यालयको भवनमा कार्यालय सञ्चालन गरिएको छ । गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा भवन नभएपछि सम्पर्क कार्यालयको रुपमा रुद्रेश्वरमा रहेको एक विद्यालयको भवनमा कार्यालय सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए । 

उनले भने ‘गाउँपालिकासँग आफ्नो भवन छैन, त्यसैले विद्यालयको भवन मर्मत गरेर गाउँपालिकाको कार्यालय सञ्चालनमा ल्याएका छौं । भवन नहुँदा कार्यालय सञ्चालनमा समस्या समेत हुने गरेको छ । ५ लाखमा विद्यालयको भवन मर्मत गरेर कार्यालय सञ्चालन गरिरहेका छौं ।’

दोगडा केदार गाउँपालिकाले पनि श्रीकोट बहुमुखी क्याम्पसको भवनमा कार्यालय सञ्चलान गरेको छ । क्याम्पस भवनलाई स्तरोन्नति गर्ने शर्तसहित कार्यालय सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । उनले भने ‘नजिकमा कार्यालय सञ्चालन गर्न सकिने खालका भवन छैनन् । त्यसैले गाउँपालिकाको कार्यालय सञ्चालन गर्न क्याम्पससँग सहकार्य गरेका हौं ।’

यस्तै सुर्नया गाउँपालिकाले भाडामा लिएको भवनमा ठाउँ नभएपछि रौलेश्वर माविको भवनप्रयोग गरेर कार्यालय सञ्चालनमा ल्याएको छ । मासिक १० हजार भाडा तिर्ने गरी भाडामा लिएको घरमा कार्यालयका लागि ठाउँ अपुग भएपछि विद्यालयको भवन प्रयोग गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टले बताए । 

पाटन नगरपालिकाले मासिक ४० हजार भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको छ । नगरपालिकाको आफ्नै भवन सानो भएकाले कार्यालय प्रयोजनका लागि घर भाडामा लिएर काम गरिरहेको नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए । उनले भने ‘नगरपालिकाको आफ्नै भवन निर्माण भइरहेको छ । भवननिर्माण नहुँदा सम्म भाडाको घरमाकार्यालय सञ्चालनगरिरहेका छौं ।’

जिल्लाको पुुरचौंडी नगरपालिकाले पनि चारवटा घर भाडामा लिएर मासिक ४० हजार रुपैयाँ भाडा तिर्ने गरेको छ । नगरपालिकाको आफ्नो भवन नहुँदा भाडाका घरमा कार्यालय सञ्चालन गरिरहेको नगरपालिका प्रवक्ता गौतमप्रसाद भट्टले बताए । 

यस्तै सिगास गाउँपालिकाले पनि भाडाकै घरमा कार्यालय सञ्चालन गरिरहेको छ । ‘गाउँपालिकाको केन्द्र नजिक भाडामा लिनसमेत घरहरु नहुँदा तीन, चारवटा  पुराना पसलमा कार्यालय सञ्चालन गरिरहेका छौं,’गाउँपालिका अध्यक्ष हरिसिंह धामीले भने, गाउँपालिकाले आफ्नो भवननिर्माण गरिरहेकाले अबको एकदुई महिनाभित्रभवनको समस्या समाधान हुन्छ ।’ 

जिल्लाको दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिका बाहेक अन्य आठ स्थानीय निकायले भवनको समस्या झेलिरहेका छन् । साविकका गाविस भवनहरु, अन्य निजी घरहरु भाडामा लिएर स्थानीय निकायहरुले कार्यालय सञ्चालन गरिरहेका छन् । 

स्थानीय निकायले भवनको अभावमा काम गर्न अप्ठ्यारो हुने गरेको गुनासो गरेका छन् । ‘पर्याप्त मात्रामा भवन नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ । सेवाग्राहीहरुले समेत अप्ठ्यारो महसुस गर्ने गरेका छन्, ’सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले भने, ‘सरकारी सेवालाई प्रभावकारी बनाउन भौतिक व्यवस्थापन पनि महत्वपूर्ण पक्ष हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.