बुबा–आमाको स्मृतिमा क्याम्पस भवन र पुस्तकालय

बुबा–आमाको स्मृतिमा क्याम्पस भवन र पुस्तकालय

फिदिम : पाँचथरको याङवरक गाँउपालिका ४ थर्पूमा दाताहरुले लाखौँ रुपैँया खर्चिएर क्याम्पस र पुस्तकालय भवन निर्माण गरिदिएका छन् । थर्पू क्याम्पसका लागि चार कोठे पक्ीक भवन र एक कोठे पुस्तकालय दाताहरुले निर्माण गरिदिएका हुन् । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टंकनाथ र संरक्षक फिपध्वोज काम्वाङले आफ्ना स्वर्गिय बुवाआमा बृखबहादुर र पुराहाङ्मा काम्बाङको स्मृतिमा थर्पू क्याम्पसको भवन निर्माण गरिदिएका हुन् । भवन निर्माणका लागि साढे चार आना जमिन पनि काम्वाङ दाजुभाईले नै दान गरेका हुन् । 
क्याम्पस सञ्चालनका लागि ४० लाख खर्चिएर भवन निर्माण गरिदिएको टंकनाथले जानकारी दिए । ‘दुर्गम क्षेत्रका विद्यार्थीले पनि गाँउमै बसेर स्नातक सम्मको अध्ययन गर्न पाउन भनेर भवन निर्माण गरिदिएका हौँ,’ फिपध्वजले भने ‘गाँउको शैक्षिक उन्नयनका लागि अझै सहयोग गर्दै जानेछौँ ।’
क्याम्पसमा पुस्तकालय सञ्चालनका लागि यूके समाज थर्पूले छुट्टै एक कोठे पक्कि भवन निर्माण गरिदिएका हुन् । पुर्खौली  थलो थर्पू भएर अहिले यूकेमा रहेका मानिसहरुसँग आर्थिक संकलन गरि १६ लाख खर्चिएर पुस्तकालय भवन निर्माण गरिदिएको पुस्तकालय भवन निर्माण योजनाका संयोजक खुसीमान लिम्बूले जानकारी दिए । 
‘पुस्तकालयका लागि पुस्तक पनि दिने तयारी गरेका छौँ,’ लिम्बूले भने ‘आफ्नो गाँउको शैक्षिक उन्नतीका लागि यो हाम्रो सानो काम हो ।’ युकेबाट थर्पू आएर समाजक अध्यक्ष तिलबिक्रम तावा र खुसी लिम्बू उपस्थित भएर पुस्तकालयको भवन क्याम्पसलाई हस्तान्तरण समेत गरेका छन् । 
प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोको आतिथ्यतामा भवन उद्घाटन र हस्तान्तरण गरे । जिल्लाको उत्तरी क्षेत्रको थर्पू क्याम्पसमा शिक्षा शंकायबाट स्नातक सम्मको कक्षा सञ्चालन हुँदै आएको छ । क्याम्पस भवन बनाईदिने फिपध्वोज र टंकनाथ थर्पूका स्थानीय बासिन्दा हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.