राजविराजमा प्रधानमन्त्रीको पुत्ला दहन

राजविराजमा प्रधानमन्त्रीको पुत्ला दहन

राजविराज :  नेपाली कांगेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले शुक्रबार साँझ राजविराजमा प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

डा गोविन्द केसीको समर्थनमा निक्लिएका प्रदर्शनकारीहरुले विगतमा भएको सहमतिविपरित सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा राजविराजस्थित दशन चोकमा पुतला दहन गरेको बताए ।

‘डा केसीको माग पूरा गर’ नारा लगाउँदै मसाल जुलुससहित चोकमा जम्मा भएका प्रदर्शनकारीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएर सरकार विरुद्ध नाराबाजी गरे ।

विद्यार्थीले पुत्ला जलाउन सुरु गरेपछि प्रहरीले हस्तक्षेप गरी पुत्ला नियन्बणमा लिएको छ । १६औं चरणको आमरण अनसनमा बसेको २४औं दिनसम्म पनि सरकारले डा. केसीको माग सम्बोधन नगरेकाले प्रदर्शनसहित पुत्ला जलाइएको नेविसंघका रामचन्द्र यादवले बताए । यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच सामान्य घम्साघम्सी भएपछि प्रदर्शनकारी तितरबितर भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.