म माने महिला
१० वर्षीय लेखकदेखि ८० वर्षीया ग्रिरसम्म अनेक पृष्ठभूमि र संरचनाबाट उत्पन्न महिलाको सोचाइ र भोगाइले कहीँ आल्हादित तुल्यायो, कतै आश्चर्यचकित, अनि सोचमग्न।
जयपुर साहित्य महोत्सव २०१९ का मेधावी र खरा विदूषीहरूले धेरै सम्झना ब्युँत्याए र अर्थहरू खुलाए। ‘यो माइकको आकार किन लिंगको जस्तो छ, हँ ? आयोजकहरूले के सन्देश दिन खोजेका हुन् ? ’
जयपुर लिटरेचर फेस्टिभल (जेएलएफ) २०१९ को पहिलो दिनमा मञ्चमा उक्लिनेबित्तिकै लेखक जर्माइन ग्रिरले आफ्नो स्वच्छन्द पारा ल्याइहालिन्। सेतो पृष्ठभूमिमा मसिना रंगीचंगी फूलैफूलले सजिएको पालमुन्तिर बसिरहेका श्रोताहरू हाँसे। उनीसँग कुरा गर्न तयार बीबीसीकी पत्रकार बी रोलाटोले पनि मुस्कान लुकाउन सकिनन्।
रोलाटोले उनको परिचयमा भनेजस्तै ग्रिर एउटी ‘तुफान’ हुन्। सन् १९७० ताका नारीवादको दोस्रो लहर ब्युँत्याउने श्रेय पाएकी ग्रिरको कृति ‘द फिमेल इयुनिक’ले यो आन्दोलनमा महत्त्वपूर्ण स्थान ओगट्यो। कृतिमा ग्रिरले बीसौं शताब्दीको समाजले महिलाको शारीरिक र मानसिक शोषण गरेर र उनीहरूको यौन चाहनालाई दबाएर ‘इयुनिक’ ९हिजडा० बनाएको घोषणा गरेकी छिन्।
त्यसको ५० वर्षपछि ग्रिरले महिलाको जीवनमा के-के परिवर्तन देखिन् रु ‘खासै केही फेरिएको छैन,’ उनले भनिन्, ‘मेरो चाहना थियो, यो कृतिको आयु चाँडै सकियोस्, यो असान्दर्भिक भएर हराएर जाओस्। तर आधा शताब्दी पछि महिलाहरू मलाई सुनाउँछन्, उनीहरूको जीवन अझै पनि मेरो किताबमा जस्तै अँध्यारो छ।’
आमूल परिवर्तनवादीका रूपमा असंख्य महिलाको मार्गदर्शक बन्न सफल ग्रिरले पछिल्ला वर्षहरूमा थुप्रै आलोचना खेप्नुपरेको छ। उनले घरि बलात्कारीहरूको सजाय छोट्ट्याउनुपर्ने तर्क राख्छिन् भने कहिले बलात्कृत महिलामाथि पुगेको आघातलाई आफ्नो माकुरासँगको डरसँग तुलना गर्छिन्। ‘मि टू’ आन्दोलनलाई ‘महिलाहरूको गनगन’ भनेर अथ्र्याएपछि त उनको दर्जा पथप्रदर्शकबाट विरोधी तत्त्वमै झरेको छ।
यस्तो विवादास्पद छवि भएकी ग्रिरले आफ्ना विचारमा अरूको समर्थन पाउलिन् त ? ‘मसँग कसैले सहमति जनाउनै पर्दैन,’ उनले सहजै भनिन्, ‘मेरो कामै आलोचित हुनु हो। म मात्र यति चाहन्छु, तिमी मेरो कुरा सुन। मन नपरे अस्वीकार गर, आफ्ना तर्क राख। यति मुठभेद नगरे प्रगति र परिवर्तन असम्भव छ।’
बलात्कारलाई सामान्य अपराध मानेर खराब यौनसम्पर्कसँग तुलना गरेका उनका अभिव्यक्ति नि ?
‘बलात्कार र यौनहिंसालाई यसको हिंसासँग नजोडेर यौनको पाटोसँग मात्र जोड्नु समस्या हो। मेरो भनाइ प्रस्ट छ- लिंग मेरो शत्रु होइन। पुरुषको शरीरमा मैले बुझ्ने र जान्ने एउटै अंग यही हो। बरु म त्रसित छु, पुरुषका हातहरूसँग, जसले मेरो आँखा निचोरिदिन सक्छन्। र, उसका जिब्रोहरूसँग, जसले मविरुद्ध अप्रिय वचन बोलेर मलाई शक्तिहीन बनाइदिने क्षमता राख्छन्।’
प्रस्तोता बीलाई उनका कुरा चित्त बुझेनन्, उनले ‘मि टू’प्रति ग्रिरको विरोधलाई औंल्याइन्, ‘तपाईंलाई आफ्ना आदर्श मान्ने एउटा पुस्तामाथि विश्वासघात गर्नु भएको छ।’
ग्रिरले स्पष्टीकरण दिन खोजिन्, ‘पश्चिमी मुलुकहरूमा महिलाले यो आन्दोलनलाई व्यक्तिगत लाभका लागि गलत उपयोग गरेको नजिकबाट देखेकी छु। त्यसैले पूर्ण समर्थन गर्न नसकेकी हुँ, यसलाई मैले गनगन चाहिँ भनेकी छैन ।’ कता कति हाम्रै देशको ‘ट्याँउट्याउँ’ सम्झाउने अभिव्यक्ति।
बीले अझै दह्रोगरी भनिन्, ‘हामीलाई लाग्थ्यो, तपाईं शक्तिहीनहरूको एउटा आवाज हुनुहुन्थ्यो, अहिले त शक्तिशालीको लागि पो बोल्दै हुनुहुन्छ।’ ग्रिरले यसको खण्डन गर्न सकिनन्। उनको संघर्ष सामूहिक हैन, एकल देखियो।
आफ्नै सुरले तर्कहरू राख्दै गइन्, तर ती असरहीन बनिसकेका थिए। एउटा सार्वजनिक मञ्चमा बीले यति स्पष्ट तरिकाले आफ्नो विमति राखिदिइन्, ग्रिरले पनि निजात्मक सोचबाट बाहिर निस्केर सिंहावलोकन गर्न बाध्य हुनुपर्यो। एउटा मञ्चको शक्ति, केवल एक घण्टाको वार्तालापले सोचाइमा ल्याउन सक्ने हलचल, र एक कुशल प्रस्तोताको गुण यी सबै बीले एकै वाक्यमा देखाइदिइन्।
अन्त्यमा उनले ग्रिरलाई रमाइलो प्रश्न गरिन्, ‘आफ्नो मृत्युपछि आफूले हुर्काएको जंगलका रूखहरू माझ छरिन चाहनुहुन्छ ? ’ ‘मलाई मतलव छैन,’ ग्रिरले ठाडै भनिन्, ‘मरेपछि के वास्ता !’
तर बाँचुञ्जेल वास्ता गर्न, अरूका भनाइ र अनुभवको कदर गर्न अनि महिलाका लागि सच्चा सहयात्री बन्न बीले सम्पूर्ण सहभागीका साथै ग्रिरलाई पनि सम्झाएर हिँडिन्।
२००८ देखि लगातार १० वर्ष आयोजना भएर एक वर्षको विश्राममा रहेको यो साहित्य महोत्सवको हरेक संस्करण दोधारैदोधारमा सम्पन्न हुन्छ। उता ग्रिरको व्यक्तिगत स्वार्थभन्दा धेरै पर, एउटा समाज र राष्ट्रलाई योगदान गर्ने हठ बोकेकी इजिप्टकी लेखक अहदाफ सोइफ ‘प्यालेस्टान फेस्टिभल अफ लिटरेचर’ आयोजना गर्दाका चुनौतीहरू सुनाउँदै थिइन्।
‘सुरुमा आर्थिक स्रोत जुटाउन महाभारत हुन्छ, त्यसपछि सुरक्षाका चुनौतीहरू लहरै आउँछन्। हामीलाई हरेक पटक सिमानाहरूमा रोकिन्छ, घण्टौं पुछताछ गरिन्छ, अन्तिम क्षणसम्म पनि त्यो वर्षको संस्करण हुने९नहुनेमा अन्योल भइरहन्छ। हामीलाई चेतावनी त कति आउँछन् कति, अश्रुग्यास फालिन्छ, कार्यक्रम अवरुद्ध गर्ने प्रयास गरिन्छ। तर साहित्य अनि कलालाई यो देशभरि फैलाउनबाट हामी पछि हट्ने छैनौं। हाम्रा सहभागीहरूको सुरक्षाको खुबै डर लाग्छ, तर मैले वाचा गर्न सक्ने एउटै कुरा हो, उनीहरूको जे गति, मेरो पनि त्यही हुनेछ।’
विभिन्न महोत्सव निर्देशक सञ्चालकहरूको अनुभव आदानप्रदान गरिने उक्त सत्रमा सबैको एउटै सोच थियो, विखण्डित र कमजोर हुँदै गइरहेको समाजलाई संवादका माध्यमबाट समाधानतर्फ लैजानमा यस्ता साहित्यिक महोत्सवहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। ‘परिवर्तन झट्टै नदेखिएला,’ जेएलएफकी निर्देशक नमिता गोखलेले भनिन्, ‘तर संयुक्त रूपमा अघि बढ्ने तरिका सहिष्णुता र आपसी सम्मान नै हो।’
सहमति जनाउँदै थिइन् टाइम्स लिट फेस्टकी सहनिर्देशक नमिता देवीदयाल। ‘संवेदनशील समय छ, सोचीसोची पाइला चाल्नुपर्छ,’ उनले भनिन्, ‘तर विरोधी तत्त्व र अवरोधहरूसँग कूटनीनिक भएर सामना गर्नुपर्छ।’ उनले एउटा अनुभव सुनाइन्९ ‘प्रसिद्ध लेखक रोहिन्टन मिस्त्रीलाई उनीहरूको महोत्सवमा ल्याउनु अनिवार्य थियो, तर उनको समुदायसँग शिव सेनाको केही पूर्वाग्रह थियो। एउटा कार्यक्रममा छिरेर महोत्सवकी सहनिर्देशकले नजानिँदो पाराले प्रश्न सोधिन्, हजुरहरूलाई रोहिन्टन मिस्त्रीसँग कुनै समस्या छ रु ’
सार्वजनिक समारोह, बाल ठाकरेलाई भन्न कर लागिहाल्यो, ‘किन हुन्थ्यो र, उनी त हाम्रा सान हुन्।’ यता टाइम्स लिट फेस्टका निर्देशकहरूले यो खबर एउटा स्थानीय पत्रिकालाई दिए, समाचार पहिलो पृष्ठमै छापियो, शिव सेनाको सहमति र मिस्त्री कार्यक्रममा निर्वाध आउन पाए। ‘काम अघि बढाइराख्न यस्ता जुक्ति पनि लाउनुपर्छ,’ देवीदयाल मुस्कुराइन्।
मेरो लागि जेएलएफका प्रमुख आकर्षण यी प्रतिभाशाली र प्रेरणादायी महिलाहरू नै थिए। सबैभन्दा कान्छी सहभागी १० वर्षीय लेखकदेखि ८० वर्षीया ग्रिरसम्म अनेक पृष्ठभूमि र संरचनाबाट उत्पन्न महिलाहरूको सोचाइ र भोगाइले कहीँ आल्हादित तुल्यायो, कतै आश्चर्यचकित, अनि सोचमग्न। मेघना गुलजारले आफ्ना बुवा गुलजारसँगको बाल्यकालबारे सुनाउँदा र एसिड आक्रमणमा परेकी रेश्माले त्यो पीडा बताउँदा आँखा टलपल भरिए। महिलाको कामले उनीहरूको सिर्जनशीलतालाई बाधा पुर्यायएको छलफलबारे सत्रमा मेरो पूर्ण सहमति रह्यो, महिलाका स्वास्थ्य सेवाका समस्याबारे सत्रमा हाम्रै देशमा छाउपडी र बालविवाह सम्झिएँ। अनुराधा रोयले उनको उपन्यासको प्रमुख पात्रका तस्बिर देखाउँदा उनी सँगसँगै कल्पनामा बगेँ, शक्तिको साँचो महिलाको हातबाट सधैं खोसिने धारणा व्यक्त भइरहँदा म पनि समर्थन गर्न बाध्य भएँ।
यी सबै शक्तिशाली, मेधावी, सिर्जनशील विदूषीहरूको विविध र विरोधाभाषयुक्त विचारहरूको मन्थनले फेरि पनि सम्झायो, हामी सबै महिलाको भोगाइ कति फरक छ, हाम्रा सोच प्रक्रिया कति भिन्न, हाम्रा समस्या र खुसीका कारक कति निजी। हामीले एउटै कित्तामा उभ्याउने महिलाबीचका असमानता र वैचारिक द्वन्द्व, असन्तुष्टि र दूरी, व्यवहार र महत्त्वाकांक्षा सबै प्रष्टै छुट्टिए। ‘इन्टरसेक्सनल फेमिनिज्म’ हरेक तह र तप्काका विशेषता र आवश्यकतालाई समेट्दै लग्ने नारीवादको खाँचो अझ बढी महसुस भयो। कताकति डर पनि लाग्यो, यस्ता भिन्न विचार र पहिचान एवं अस्तित्वको लडाइँहरूबीच महिलाहरूको हितको मूल मुद्दा हराउने त होइन रु कुराहरू फोस्रा शब्दमै सीमित हुने त होइनन् ?
‘होइन,’ नुरजहाँ र मुगल साम्राज्यका महिलाको बारे बोल्दै गरेकी ईरा मुखोटीले दृढतापूर्वक भनिन्, ‘हामीले महिलाका कथाहरू मनोरञ्जन र आत्मसन्तुष्टिका लागि मात्र अघि सार्ने होइनौं। इतिहासले छुटाएका, वर्तमानले नसमेटेका, गौण भनेर पन्छाएका सम्पूर्ण महिला पात्र र तिनका परिस्थितिहरूलाई हामीले सूक्ष्म ढंगबाट केलाउनेछौं, उनीहरूको गणना महिलाहरू बीचमा मात्र सीमित नरही पुरुषहरूकै बराबरीमा हुनेछ। अबका महिलाहरू बिर्सिइने छैनन्, तिनका डायरी र कथाहरू सुनिनेछन् र बुझिनेछन्।’
यहाँनेर मैले झट्ट आफ्नी हजुरआमाको दैनिकी सम्झिएँ उहाँ हरेक दिन आफ्ना डायरीमा केही टिपोट गर्नुहुन्थ्यो, आफूमाथि घटेका घटना, आफ्ना विचार र चाहना। मलाई यो पढ्न साह्रै रमाइलो लाग्थ्यो, घरव्यवहारमा जेलिनुभएकी मेरी आमाकी आमा मात्र नभएर एउटा बेग्लै पहिचान भएकी अलग्गै, अलि अपरिचित महिला जस्तो लाग्नुहुन्थ्यो।
मेरी बुवाकी आमाले पनि मलाई डोर्योउँदै लानुभएको थियो उहाँको बाल्यकाल र युवावस्थामा। लटरम्म फलेका रूखहरू बीचको सानो घर, वरिपरि मगमगाइरहेका फूलहरू, उकालो ओरालो गर्दै ढाडै भाँचिएला जस्तै गरी नबिसाइ बोक्नुपर्ने पानीका गाग्री, बिहे भएपछि अर्कै संसारमा हुलिएका दिन, ससाना नानीहरूलाई बोक्दै ओडारमा बस्नु परेका वर्ष। हजारौं नेपाली महिलाका कहिल्यै नदेखिइने, कदर र टिपोट नगरिने जीवनीहरू।
मेरी सासूआमाले अझै पनि सुनाउनुहुन्छ, मलाई अद्भुत अनुभवहरू। जस्तो लखनउबाट मिस्त्री मगाएर स्याङ्जामा ठडिएको सिसैसिसाको महल, त्यहाँभित्र लेखपढ र नाचगान गरी बस्ने एउटी राजकुमारी, उखुका लाँक्रा चुस्दै र खेतखेत दौडिँदै बितेको एउटा बाल्यकाल। कतै लेखिएको छैन, तर कति रोमाञ्चक र बुझ्नलायक छ यो इतिहास। साहित्य महोत्सवले मलाई सम्झाइरह्यो, हाम्रा देशका महिलाका पनि भनिनु, लेखिनु र फैलाइनुपर्ने कथा।
यस्तै कथाहरू बोकेर आएका जस्ता देखिन्थे महोत्सवमा भाग लिने दर्शक पनि, उत्तिकै विविधतापूर्ण र आकर्षक, वार्तालाप गर्दा सुविज्ञ र आत्मविश्वासी। मञ्चमा जस्तै मेरा आँखाहरूले दर्शकमाझ पनि महिलालाई नै खोजे। कोही परम्परागत पहिरनमा, कोही भने आवरणको बेवास्ता गरेर, कसैले अनेकानेक केश रंग्याएका, धेरैले केश तिलचामले र सेतै छाडेका। सम्झिए आफ्नै आमालाई, जो ‘किन मेहेन्दी नलगाएको रु ’ भन्ने प्रश्नले आक्रान्त हुनुहुन्छ। यी सबै निष्फिक्री र स्वआश्वस्त महिलाले मेरो विश्वास दरिलो बनाए, सबैलाई सबै कुराको उत्तर दिनु जरुरी छैन। मात्र आवश्यक छ आफूलाई अर्थपूर्ण र सहज लाग्ने तरिकाले जिउने, अरूलाई दक्खल नपुर्यौई आफ्ना आकांक्षा पूरा गर्ने, अनि तर्क र प्रश्न गर्न कहिल्यै, कहिल्यै नछोड्ने।