स्वस्थानी कथाकी अमेरिकी अध्येता
जेसिकाको अनुसन्धानले देखाएको छ( साली नदी स्वस्थानी व्रतकथामा जोडिएको दुई सय वर्ष मात्र भयो। त्योभन्दा पहिले नदीको उल्लेख थियो तर नाम थिएन।
हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रतकथाको पूजा आराधना एवं वाचन गरिन्छ। यस वर्ष पनि माघ ७ बाट स्वस्थानी व्रतकथा प्रारम्भ भएको छ। हिन्दू धर्म परम्परामा स्वस्थानी व्रतकथाको आफ्नै मौलिक गाथा छ। अनुसन्धानकर्ताहरूले स्वस्थानीको इतिहास खोतल्दा करिब पाँच सय वर्ष पुरानो परम्परा फेला पारेका छन्। स्वस्थानीका बारेमा खोजी गर्नेको सूचीमा अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज अग्रपंक्तिमा आउँछिन्।
स्वस्थानी कथाका बारेमा अखबारी लेखनबाहेक गहिराइका साथ कलम चलाउनेमा नेपालीमा काशीनाथ तमोट, ऐश्वर्यधर शर्मा, चन्द्रबहादुर कायस्थ प्रमुख नामहरू छन्। जेसिकाले उनीहरूले गरेका अध्ययनको जगमा टेकेर आफ्नो अध्ययनलाई फराकिलो पारेकी छन्। सन् २०१८ मा अक्सफोर्ड युनिभर्सिटी प्रेसले जेसिकाले स्वस्थानी व्रत कथामा आधारित भएर लेखेको पुस्तक ‘रिसाइटिङ ( द गडेस : न्यारेटिभ्स अफ प्लेस एन्ड द मेकिङ अफ हिन्दुइज्म इन नेपाल’ प्रकाशित गरेको छ। प्रखर अध्येता हरि शर्माले जेसिकाको पुस्तकको फोटोसहित २५ अक्टोबर २०१८ मा तारिफ गर्दै ट्विट गरेका छन्, ‘रिसाइटिङ द गडेस’ स्वस्थानी व्रतकथामाथि एक अग्रणी कार्य हो।’ कृति गहिरो अनुसन्धानमा आधारित भएकाले नेपाली पहाडहरूमा प्रचलित धर्मको इतिहास र अभ्यासलाई बुझ्न सजिलो गराउँछ।
जेसिका ‘युनिभर्सिटी अफ इलिनोय’, ‘डिपार्टमेन्ट अफ रिलिजन’मा उपप्राध्यापक पनि हुन्। उनी स्वस्थानी कथामार्फत नेपाललाई हिन्दू धर्म अध्ययनको विश्व परिवेशको मूल धारमा प्रवेश गराएको दावा गर्छिन्। उनको यो दावा विश्वसनीय छ। किनभने जति पश्चिमाहरू हिन्दु धर्मको अध्ययन गर्न आए, उनीहरू सबै भारत केन्द्रित भएको देखिन्छ। वनारसबाट सुरु भएर बंगाल तमिलनाडु कर्नाटक हुँदै भारतका अनेक प्रान्तमा उनीहरूको अध्ययन केन्द्रित रह्यो। जेसिकाको पुस्तक रिसाइटिङ द गडेसमार्फत सिंगो भारतमा कतै पनि प्रचलनमा नरहेको तर नेपालमा भने जनजिब्रोमा बसेको स्वस्थानी व्रतकथाको समालोचनात्मक इतिहास सार्वजनिक भएको छ। हिन्दू धर्म भनेपछि जे पनि भारतमै भेटिन्छ भन्ने भ्रम थियो। यस्तो भ्रम पश्चिमा शोधकर्तामा लामो समय रह्यो। नेपाल भित्रको मौलिकतालाई धार्मिक पाटोबाट हेर्न इन्कार गरेकाले यस्तो कमजोरी हुन गएको हो। दसंै, तिहार जस्ता अनेकन पर्व मनाइने नेपाली शैली भारतीय शैलीभन्दा पृथक् छ।
सन् १९९५ मा स्नातक तहको विद्यार्थी हुँदा बिर्केनहोल्ज नेपालसम्बन्धी अध्ययन गर्ने फेलोसिप पाइन्। नेपालमा हरितालिका तीज, विवाहपञ्चमी, स्वस्थानी व्रतकथा जस्ता पर्वमा महिलाको केन्द्रीयता देखेपछि उनको चासो बढ्यो। उनले अमेरिकामा धर्म वर्गीकृत भएको देखे तर नेपालमा धर्म जीवनसँग अभिन्न रूपमा जोडिएको देखे। समाज बुझ्ने अनेक तरिका हुन सक्छन्। तर जेसिकालाई धर्मकै आँखाबाट समाज र संसार बुझ्ने रहर जाग्यो। उनी भन्छिन्, ‘संसारलाई कसरी हेर्ने, संसारसँग कसरी अन्र्तकृया गर्ने, मानिसको आ(आफ्नै बुझाइ छ। केही कुरा व्याख्या गर्न सकिन्छ तर केही कुरा व्याख्या गर्न सकिन्न। धर्मले बहुविषयक दृष्टिबाट संसारलाई हेर्न सघाउँछ। त्यसैले धर्मको अध्ययन थालेँ।’
जेसिकाले स्वस्थानी व्रतकथाबारे नेपाली नारीहरूको गरेको अनुष्ठान देखिन्। स्वस्थानीको जरो खोतल्न संस्कृत, नेवारी र नेपाली भाषा सिकिन्। त्यसपछि स्वस्थानी व्रतकथामैे पीएचडीको शोध पूरा गरिन्। शोधलाई नै उनले पुस्तकको आकारमा प्रकाशित गरिन्। उनकी गुरुमा वेन्डी डोनिगर आफ्नो शिष्यको मौलिक कामबाट प्रभावित छिन्। वेन्डी हार्वड र अक्सफोर्डबाट संस्कृत र हिन्दू धर्मको उच्च अध्ययन गरेकी विशिष्ट अध्येता हुन्।
जेसिकाले स्वस्थानी कथाको मात्र अध्ययन गरिनन्, स्वस्थानी व्रतकथाको सांगोपांगो इतिहास खोतल्ने कोसिस गरिन्। उनले स्वस्थानीका विविध आयामका वारेमा विधिपूर्वक अनुसन्धान गरिन्। सम्भवत: त्यो गहिराइमा पुगेर आजसम्म अरू कुनै पनि शोधकर्ताले अनुसन्धान गरेका छैनन्।
उनले राष्ट्रिय अभिलेखालय, आशा सफु कुठी, केशर पुस्तकालय, मदन पुरस्कार पुस्तकालय, नेपाल रिसर्च सेन्टर ९हाल बन्द०का संग्रह खोतलिन्। साली नदी किनारको पुरानो बस्ती साँखुका घरघरमा रहेको स्वस्थानीका अलगअलग ठेलीहरू जम्मा पारिन्। ती सबै फरकफरक पाइन्। कुनै संस्कृतमा फेला पारिन्। कुनै नेपाल भाषामा र कुनै नेपाली भाषामा फेला पारिन्। स्वस्थानी व्रतकथाको पाठमा देखा पर्ने अन्तर÷भेदले अनुसन्धानलाई थप रोचक वनायो। आठ पृष्ठदेखि चार सय अन्ठाउन पृष्ठ सम्मका लामा दर्जनौं स्वस्थानी पुस्तक फेला पारिन्।
गत हप्ता मात्रै संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नो घरमा अहिलेसम्म हस्तलिखित स्वस्थानी कथा मात्रै वाचन गर्ने गरेको रहस्य सार्वजनिक रूपमा उजागर गरे। जेसिकाले सत्यमोहन जोशीले बोलेका कुराको समाचार प्रिन्ट देखाइन्। आपूmभन्दा पहिले स्वस्थानी व्रतमा १९८५ मै पीएचडी गरेको लिन्डा इल्टिसको शोध प्रकाशित नभएकोमा उनलाई दु:ख लागेको बताइन्। त्यो शोधपत्र उनले त्रिभुवन विश्वविद्यालयको पुस्तकालयबाट फेला पारिन्।
अहिलेसम्म फेला परेको स्वस्थानी कथाको पुरानो अभिलेख सन् १५७३ ९६९३ नेपाल संवत्० को हो, जुन संस्कृत भाषामा छ। शुद्ध संस्कृत छैन, नेवारी भाषा मिसिएको छ। नेवारी भाषामा पहिलोपटक स्वस्थानी कथा सन् १६०३ मा लेखिएको जेसिकाले पत्ता लगाइन्। उनका अनुसार करिब दुई शताब्दी नेवारी भाषाले मात्र स्वस्थानी कथाको प्रचारप्रसार गरिन्थ्यो। नेपाली भाषाको पहिलो स्वस्थानी कथा सन् १८१० मा मात्र लेखिएको पाइएको छ। नेपाल भाषामा उपलब्ध स्वस्थानी कथामा जति विविधता, कल्पनाशीलता भेटिन्छ, त्यो नेपाली भाषामा भने भेटिँदैन। नेपाली भाषामा लामो समय २२ खण्डको व्रतकथा प्रचलित भए पनि हाल आएर ३१ खण्ड÷अध्याय चल्तीमा रहेको पाइन्छ। जेसिकाको बुझाइ छ( नेपाली भाषा राज्यको भाषा भएकाले नेपाली भाषाको स्वस्थानी व्रतकथाले चाँडै ठोस आकार ग्रहण गर्योथ। त्यसमा विविधता कम भयो। नेपाली भाषाको पुस्तक छपाउन पनि सजिलो भयो। नेपाल भाषाको अहिलेसम्म मानक कायम गरिएको छैन। त्यसको प्रभाव नेपाल भाषामा लेखिएका पाण्डुलिपिमा पर्नु स्वाभाविक हो।
जेसिकाको अनुसन्धानले देखाएअनुसार साली नदी स्वस्थानी व्रतकथामा जोडिएको दुई सय वर्ष मात्र भयो। त्योभन्दा पहिले नदीको उल्लेख थियो, तर नाम थिएन। यसरी स्वस्थानी कथामा लेखन पुनर्लेखनको सिलसिला लामो समय चलेको देखिन्छ। स्वस्थानीमा हिन्दु धर्मका शक्त, शैव, वैष्णव तीन सम्प्रदायको प्रभाव देखिन्छ। पाँच सय वर्षको उतारचढावमा स्वस्थानी व्रतकथाले नेपाली हिन्दू नारीमा पतिव्रताको भावना जाग्रत गराइराख्यो। यसको कथामा केही थपियो, केही घट्यो तर यसको प्रभाव भने बढी नै रह्यो। घरघरमा श्रद्धापूर्वक राखिने पवित्र ग्रन्थ बन्यो।
सर्वाधिक रोचक कुरा त स्वस्थानीको मूर्ति विरलै बन्यो र मन्दिर त बन्दै बनेन। यसको कारण पत्ता लगाउन मुस्किल छ। प्रताप मल्लले सन् १६६४ मा मखन टोल, काठमाडौंमा स्थापना गरेको शिव स्वस्थानीको मूर्ति सोही कथाको एक मात्र उपलब्ध मूर्ति हो। साँखुमा स्वस्थानीको मन्दिर बनेको डेढ दशक मात्रै भएको छ। स्वस्थानीले यसरी मूर्ति र मन्दिरको चल्तीबेगर नै पाँच शताब्दी लामो यात्रा तय गर्योर। स्वस्थानी देवीको स्वरूपको चर्चा गर्दा अष्टमातृकाको उल्लेख पनि धेरैपछि मात्र भएको पाइन्छ। सन् १८८५ मा श्री स्वस्थानी परमेश्वरीको यन्त्र पहिलोपटक उल्लेख भयो।
स्वस्थानी कथाका पात्रहरू सुरुआती दुई सय वर्षसम्म स्वर्गबाट पृथ्वीमा ओर्लेकै थिएनन्। खालि शनि, दक्ष प्रजापति, महादेव र पार्वतीको कथा मात्र थियो। कथामा पृथ्वीका पात्र गोमा, चन्द्रवती, नवराज पछि मात्र देखा पर्न थाले। कामदेव र जालन्धरको प्रसंग अझ पछाडि मात्र जोडिन पुग्यो। जेसिकाको पुस्तकका पानापानामा रहस्यका यस्ता पोकाहरू सिलसिलेवार रूपमा खोलिएका छन्।
जेसिकाले मेगन एडमसन सिँजापतिसँग संयुक्त रूपमा सम्पादन गरेको पुस्तक ‘रिलिजन एन्ड मोर्डनिटी’लाई सन् २०१६ मा राउटलेज प्रकाशनले निकालेको छ। जेसिका ‘एसोसिएसन फर नेपाल एन्ड हिमालयन स्टडिज’ले प्रकाशन गर्ने जर्नल ‘हिमालय’को रिभ्यु एडिटर पनि हुन्।
नेपालीहरूको जीवन्त परम्पराका रूपमा रहेको स्वस्थानी व्रतकथामा बढ्दो आधुनिकताले के कस्तो प्रभाव पार्ने हो, जेसिकालाई चासो र चिन्ता एकसाथ लागेको छ। उनी अहिले स्वस्थानी व्रतकथालाई अंग्रेजीमा अनुवाद गर्न लागेकी छन्। भन्छिन्, ‘मैले बीस वर्ष तन र मन लगाएर ‘रिसाइटिङ द गडेस’ पुस्तक तयार पारेँ। अझै स्वस्थानीका बारेमा मेरो जिज्ञासा मेटिएको छैन।’ स्वस्थानी व्रतकथाका बारेमा अझै नयाँनयाँ तथ्य फेला पर्न सक्ने उनको विश्वास छ। नेपाली परम्पराको हिन्दु धर्मको विद्यार्थी भएकोमा खुसी व्यक्त गर्दै उनी भन्छिन्, ‘नेपालको ऋणी भएकी छु।’