किरिङमिरिङ सम्झना

किरिङमिरिङ सम्झना

 एकेडेमीले मोराशलाई गलायो, त्यहाँ प्रवेश पाउनु भएन। त्रिविले पनि गलायो, विभागीय प्रमुखसम्म पाउनु भएन। उहाँको प्रतिभाशाली शिष्यले ती स्थान भरे, भर्दैछन्। नेपाल यस्तै छ।


माघ १० गते बिहानै एउटा दु:खद् समाचार सुन्नुपर्यो । हरि भाइले भने- ‘दाजु, मोहनराज सरले धर्ती छोड्नुभयो।’ केही दिनअघि उनै हरिले राखेको फेसबुक पोस्टमा उहाँ अनेक रोगले सिकिस्त भई कलंकीस्थित नेसनल अस्पतालको आईसीयूमा बसेको कुरा आएको थियो। मैले भनेँ- ‘ट्याक्सी चढेर हेर्न जाऔं।’ तब उनले भने( ‘आईसीयूमा भेट्न दिँदैन, पाखा निस्केपछि जाऔंला।’ हामी पाखा पर्खिरह्यौंस उहाँ पाखा निस्कनु भएन।

१५ दिनअघि म दिल्लीबाट फर्किनेबित्तिकै मोहनराज सरले फोन गर्नुभएको थियो( ‘तपाईं उता गएको, उपचार गराएर फर्केको सुनँे। म आउन सकिनँ। तपाईंलाई कस्तो छ रु ’

‘म आराम गर्दैछु सर, अरू एक महिना अनि भेट्न आउँला।’ ‘हुन्छ नै पछि भेटौंला। मलाई पनि त्यति सञ्चो छैन, हेमोग्लोबिन कम छ भन्छन्। कति गरे पनि नबढ्ने, बढाउन खोज्दा डायबिटिजलाई असर गर्ने। धेरै बेथाहरूको संक्रमण छ। हिजोआज त हिँड्न सक्न छोडेँस चोकसम्म पनि आउँदिनँ।’

यति नै बात भएका थिए। फेरि भेटौंला बोलौंला भन्दाभन्दै समयले समाप्त गरिदियो। १५ दिनअघिको छोटो वार्तामा मोहनराज शर्माको लर्बरिएको जिब्रोबाट कम्पित स्वर विलम्ब गतिमा निस्केको सुनिन्थ्यो। पुत्रशोक (हरू) को मानसिक माथि शारीरिक आघात थपिएको धेरै भएको थियो।

त्यत्तिमात्रै भए हाम्रा अन्तिम वार्ता तर उहाँले प्रकट गरेका वर्षौंदेखिका वाणी र शब्दहरू सम्झनाभरि लेखिएका छन्। सर्वप्रथम २०३६ को हिउँदमा एकदिन उहाँसित मेरो भेट र परिचय भयो। हामी कुलेश्वर मन्दिर मास्तिर एउटा घरको छतमा धेरैबेर बसेका थियौं। घाम न्याना थिए। राजेन्द्र सुवेदी, मोहनराज शर्मा, अर्का एक सज्जन र म। म एमएड गर्दै थिएँ, विवाहका कुरा उठेका थिए। फेरि सेलाएर गए। त्यहाँदेखि यता दुई सप्ताह अघिसम्म मोराश मेरा लागि एक अभिभावक, गुरु र साहित्यिक अग्रज हुनुभयो। यता कीर्तिपुरको त्रिवि डाँडामा नजिकै बसेका पनि हौं। त्रिवि पछिल्तिर रुद्रतारा निवास बनाएर नसरुन्जेल उहाँ त्रिवि क्वार्टरमा बस्नुहुन्थ्यो। हामी भेट भइरहन्थ्यौं।

उहाँको ‘शब्दरचना र वर्णविन्यास’ (२०३१) पुस्तक मेरो पुरानो मित्र हो। बीएदेखि पढेको अझै पढ्दैछु। म उहाँको पाठक मात्र होइन, पाश्चात्य विचार धारणाको समालोचकीय चेतनाको भनौं उचाइको पनि प्रशंसक हुँ। धेरै वर्षपहिले एउटा लेखमा मैले ‘माइकल फौकोल्ट’ लेखेँ। सो पढेर गुरुले मलाई यो त फ्रान्सेली उच्चारण हो, मिसेल फुको भन्छन् क्यारे भन्नुभयो। मैले आफ्नो अध्ययन सीमा स्वीकारेर त्यो सच्याएँ।

उहाँ साहित्यमा हास्यव्यंग्य कलाका अनन्य प्रयोक्ता, स्वैरकल्पनाका पनि अनन्य प्रयोक्ता। जति पछि भयो, त्यति त्यसमा गहिरिँदै जानुभयो। व्यंग्य स्रष्टा मोराशले २०४२ मै मदन पुरस्कार प्राप्त गर्नुभयो। त्यसपछि स्वैरकल्पनातिर लाग्नुभो। २०६२ मा ‘उताको बाघ’ प्रकाशित भयो। यस नाटकसंग्रहमा स्वैरकल्पनाको प्रयोग गहिरो थियो। मेरो सौभाग्य भन्नुपर्यो‘( मैले एउटा प्रकाण्ड विद्वान् एवम् प्रतिभाशाली स्रष्टालाई शिरमा राखेर त्यो कृतिको सारतत्त्व लेखी बुझाउने मौका पाएँ।

पछि २०६६ सालमा उहाँले एक साहसिक कर्म गर्नुभयो। त्यो थियो, ‘सलिजो’को सिर्जना, जसको अर्थ हुन्छ( समलिंगी जोडी। उहाँले नेपाली साहित्यमा यस्तो प्रथम आख्यान भित्त्याउनु भयो, जसमा समलिंगी जोडीको मनोविज्ञान देख्न पाइन्छ। त्यसमा पनि उहाँले मलाई नै भूमिका लेख्न भन्नुभयो। भूमिका लेख्नु ता के थियो र त्यसको पृष्ठभूमि साहित्य पढेर विश्व साहित्यको नयाँ सिद्धान्त पढेर नेपाली पाठकलाई बुझाउनु थियो। म विश्वस्त छु, त्यस लामो भूमिका आलेखले नेपाली समालोचनामा पहिलोपल्ट सन्दिग्ध सिद्धान्त चिनायो। उहाँले केही आरोप आलोचना पनि खप्नुभयो तर त्यही साहस कसैमा हुन जरुरी थियो। त्यसको सारतत्त्व यस्तो छ : सलिजो एक नवीनतम उपन्यास हो( मोराशको गद्याख्यानको उत्कर्ष, एक साहसिक कदम, समयको वाणी र नवीन प्रयोग। औपन्यासिक साहसिकता र प्रयोगपरकताले यसलाई सबैभन्दा माथि र भिन्न बनाएको छ। सलिजो दशकका उपन्यासमा एक गनिन्छ, तर यो वर्जित विषयवस्तुको प्रवेशले हेर्दा भने शतकको यस्तो उपन्यास हो, जो पहिले लेखिएन। यस्तो उपन्यास पढेर यति बोल्ने अवसर पाउँदा म हर्षले भरिएको छु। यस रचनाले नेपाली साहित्यमा एउटा नयाँ दैलो उघारेको छ।

एउटा कलाकार भनेको एउटा ग्रह नक्षत्रजस्तै प्रकाशपिण्ड रहेछ। जसरी सबैले समान रूपले सूर्यको प्रकाश ताप्छन्, त्यसैगरी स्रष्टाको प्रज्ञा(ज्योति पनि प्रत्येक साहित्यकार/पाठकको हृदयमा पुगेको हुन्छ। विश्वविद्यालयमा आजीवन सेवा गरेका मोराशका विद्यार्थी कति भए, प्रशंसक अनुयायी कति भए, अझ वि।सं। २०१६ देखि २०७५ सम्म प्रकाशित कृतिका पाठक कति भए। प्रत्येक पाठकलाई लाग्दछ, मोराश मेरा हुन्। त्यस्तै म पनि ठान्छु। म मोराशको कति नजिक ठान्दछु। तर त्यसो होइन दयाराम श्रेष्ठ, राजेन्द्र सुवेदी, ध्रुवचन्द्र गौतम, माधव पोख्रेलजस्ता लेखकीय जीवनको आरम्भदेखि सँगसँगै हुने उहाँका सहयात्रीहरूलाई सबै थाहा छ।

प्रस्तुत आलेखमा मैले मोराशलाई कहाँ कहाँ भेटे, कहिलेदेखि भेटेँ र कुन हैसियतका ती भेट थिए, त्यसको केही सम्झना उतार्न चाहन्छु।

उहाँले भद्रपुरमा काम गरेका दिन दमकको म उहाँको निकट हुन सकिनँ छु। मसँग साहित्य थिएन। काठमाडौं आएर निकैपछि ‘शब्द रचना र वर्णविन्यास’ (२०३१) पढेपछि मात्रै २०३६ सालदेखि उहाँलाई चिनेको कुरा अघि भनेँ। आज उहाँको प्रकाशित कृति संख्या ४२ पुगेको छस अरू अप्रकाशित आधा दर्जन छन्। तर ती विभिन्न विधा र वर्गमा छन्। व्यापक वर्गीकरण गर्दा उहाँ एक सिद्धहस्त कथाकार, स्थापित निबन्धकार, सफल नाटककार, नौला उपन्यासकार, अथक व्याकरणकार र भाषावैज्ञानिक चिन्तकका रूपमा स्थापित हुनुहुन्छ। सर्वोपरि ता उहाँ एक प्रकाण्ड विद्वान्, चिन्तक र त्रिविका प्राध्यापक हुनुहुन्छ। संक्षेपमा नेपाली साहित्यलाई नयाँ शक्ति दिने १० जना समकालीनहरू छान्ने हो भने उहाँ एक मानिनुहुन्छ।

उहाँका ‘च्याखेधर्ना’ (२०२४), ‘कोर्रा’ ९२०४००, ‘महाशून्य’ (२०५०), ‘वैखरी’ (२०५०)कथासंग्रह हुन्। उहाँका कथामा प्रयोगको नवीनता, भिन्न मौलिकता, व्यंग्य मिश्रित आक्रोश र समयप्रति सचेतता पाइन्छ। उहाँका पात्रहरू कि अत्यन्तै मार्जिनल र भिन्न छन् कि माथ्लो वर्गकाहरू आलोचना र उपेक्षा पर्खिरहेकाहरू हुन्छन्। उहाँका कथाहरू यिनै शक्तिको कारणले पाठ्यक्रममा छन्। उहाँ कथा सर्जक, समीक्षक, इतिहासकार सम्पादक पनि हुनुहुन्छ। उहाँका दुईटा उपन्यास जीवनको उत्तराद्र्धमा निस्किए- ‘सलिजो’ (२०६६), र ‘पल्ली’ (२०६८)

एउटै विधाको साधनाले उहाँलाई रोकेन। प्रतिभाशाली अध्यापकले पाठ्यक्रम पढाउन थालेपछि सर्वप्रथम समीक्षा समालोचना आउँछ। कक्षा कोठाभित्रै प्रत्येक दिन ती कुराको अभ्यास गर्नुपर्दछ। नेपाली साहित्यमा समीक्षा समालोचनातिर लाग्ने विद्वान् सीमित भएकै दिनमा मोराशले केही ‘आधुनिक साहित्यकार’, ‘नेपाली साहित्यको संक्षिप्त इतिहास’, ‘नेपाली कथाको विकास प्रक्रिया, ‘पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त’ जस्ता कृति (कति संयुक्त) निकाल्नुभयो। खारिएका अध्यापकका ती प्रयत्नहरू सदा मानक रहेका छन्। यद्यपि नयाँ कुरा थपिँदै जान्छन्।

उहाँ बहुमुखी प्रतिभाका धनी, स्रष्टा जत्तिकै द्रष्टा पनि। भाषा, साहित्य, समालोचना, भाषाविज्ञानमा बराबर चल्न सक्ने। हरेक विषय(विधामा अब्बल उत्कृष्ट दर्जामा पुगेर अडिने व्यक्ति( उहाँको हृदयभित्र रहेर बल्ने एक स्थायी शक्ति वा शैली चाहिँ व्यंग्य चेतना हो। त्यसको उच्चतम प्रयोग नाटकमा गर्नुभयो, त्यसपछि निबन्ध र कथामा।

एक प्रतिभाशाली समालोचक नै योग्य सम्पादक बन्न सक्छन्। मोराशले महाकविको ग्रिसेली गाथामा आधारित खण्डकाव्य ‘मायाविनी सर्सी’ (२०२४) देखि ‘बंगलादेशका समकालीन कथाहरू’ (२०४९) सम्मका एक दर्जन कृति सम्पादन गर्नुभयो। ‘नेपाली निबन्ध भाग- १,’ ‘समसामयिक साझा कथा’ (२०४१) र देवकोटाका कविताकृति अमूल्य सन्दर्भसामग्री हुन्। उहाँले टेलि शृंखलाका भिडियो, फिल्मको पटकथा लेखन कर्म पनि गर्नुभयो।

कला साहित्य क्षेत्रका अनेक सदस्यसँग उहाँ विभिन्न प्रकारले जोडिनुभयो फुक्लिनुभयो। म आफू पनि उहाँसित धेरै ठाउँमा धेरै प्रकारले जोडिएँ र एक विशिष्ट विद्वान्को संगत/छायाँमा धेरै कुरा सिक्ने मौका पाएँ।

सर्वप्रथम त पाश्चात्य साहित्य समालोचना र नवसिद्धान्तको संगत गर्न पुगेको मलाई मोराशले अनुसन्धान कर्महरूमा प्रवेश दिनुभयो, नेपाली अध्ययन अनुसन्धानमा नयाँ ‘फ्लेवर’ आवश्यक पर्ने ठाउँमा मलाई आह्वान गर्नुभयो र उहाँका चारजना विद्यावारिधिस्तरका विद्यार्थी मेरा पनि भए अर्थात् म तिनको सहनिर्देशक भएँ। मोराश नवीन पाश्चात्य समालोचना सिद्धान्तप्रति सचेत सुसूचित विद्वान् भएकैले कतिपय आफ्ना कृतिमा र यस्ता विद्यावारिधि निर्देशनमा त्यो उचाइ देख्न सकिन्छ। यस प्रकारले आफ्ना शिष्यहरूलाई नवआलोक देखाउने अभि सुवेदी, दयाराम सम्भव, माधव पोख्रेल, चूडामणि बन्धुजस्ता अत्यन्तै थोरै प्रतिभामा मोराश एक हुनुहुन्छ। तर यस्ता कर्मको प्रचार मूल्यांकन ‘रिकग्नाइज’ केही हुँदैनस आत्मसन्तुष्टि मात्र।

दोस्रोमा म तीनवटा कर्ममा मोराशसित जोडिएँ। ती तीनवटै कर्म नेपाली कथा साहित्यसित जोेडिएका छन्। साझा प्रकाशनले पहिलोपल्ट ‘समकालीन नेपाली कथाहरू’को अंग्रेजी अनुवाद गराउने निर्णय गर्योस। म अनुवादक÷सम्पादक छानिएँ। ३० जनाका ३० कथा छानिए। ती कथाकारको छोटो चिनारी लेख्ने काम दयाराम सरले गरिदिनुभयो भने प्रत्येक कथाका सारांश लेखिमाग्ने अनुरोध मोराशलाई गर्यौँ । उहाँले लेखिदिनुभयो। दुई दशकभित्रका समसामयिक चेतना र शक्तिका कथा संकलनमा उहाँको पनि- एउटा कथा समावेश छ।

अर्कोपल्ट नेपाल प्रज्ञाप्रतिष्ठानले पनि एउटा कथासंग्रहको अनुवाद प्रकाशित गर्ने भयो। प्राज्ञ माधवलाल कर्माचार्य र फिलिप पियर्स सम्पादक रहेको सो कर्ममा म पनि संलग्न भएँ। यसमा उहाँको ‘मनवीर’ कथा अनुवाद समावेश भयो एकेडमीको प्रथम र अन्तिम कथासंग्रहको नाम ‘स्टोरिज फ्रम नेपाल’ रह्यो। उहाँको अनुदित कथा समावेश भएको तेस्रो कथा संग्रह हो ‘द्वन्द्व र युद्धका कथा’ (२०६३)। गोविन्दराज भट्टराई र विष्णुविभु घिमिरेद्वारा सम्पादित यस ग्रन्थमा यी २५ कथालाई नेल्टाको अनुरोधमा मैले अनुवाद गर्न पाएँ। यसमा मोराशको ‘एउटी रा एउटी मो ’ शीर्षक परेको छ।

यसरी मोराशसित हामी संस्थागत काममा जोडियौं। उहाँले प्रज्ञाप्रतिष्ठानको लागि गरेका कति काममा फेरि सँगै छौँ- ‘साहित्यकार कोश’ (२०५५) मा ‘लघु विश्वकोश’ (२०६८) मा त्यहाँका संग्रहमा छापिएका लेखरचना आदिको लेखाजोखा गर्न एउटा बेग्लै अध्ययनको आवश्यकता पर्दछ। मधुपर्क, गरिमा, समकालीन, रचना, अभिव्यक्तिमा कतिपल्ट कहाँ आउनुहुन्छ भन्ने कुरा एक समर्पित अध्येताले मात्र पत्ता लगाउन सक्छन्। एक समर्पित एवम् बहुमुखी प्रतिभा कति ठाउँ पुगेका हुन्छन्।

२०५५ पछिको कठोर समयका हामी साहित्यिक प्राज्ञिक वार्ता÷छलफलमा महिनैपिच्छे जुट्न लाग्यौं। कुनै नयाँ कृति हुन्छ त्यसमा मोराश, कुनै नयाँ लेख विचार कार्यपत्र हुन्छ, त्यमसा। डेढ दशकसम्म कृष्णचन्द्रसिंह प्रधान, धु्रवचन्द्र गौतम, तुलसी भट्टराईजस्ता अग्रणीलाई नछोडी चल्यौं। कालीमाटीमा, पुतलीसडकमा, अनामनगरमा कुनै विमोचनमा छलफलमा भेट हुने हाम्रा आफ्ना स्टेसन थिए। बस्यौं वार्ता गर्यौंं खाना खाएर छुट्यौं। फेरि कसको भेला हुन्थ्यो। उहाँले मेरो ‘उत्तरआधुनिक ऐना’मा र ‘सुकरातका पाइला’मा लेखिदिनुभयो।

विमोचन समीक्षामा मोराश २०७३ सालसम्म सहभागी हुनुभो। उहाँले बोल्नुपरेपछि कृतिको सांगोपांगो र नयाँ दृष्टि राखेर लामो प्रवचनमा विस्तारो गरी छर्लंग हुनेगरी बोल्नुहुन्थ्यो। देशका अनेकौं स्रष्टाले उहाँबाट असंख्य भूमिका लेखाएका छन, तिनको लेखाजोखा भएको छैन।

त्यसो त मोराशले पुरानो भइसकेको पाश्चात्य भाषावैज्ञानिक पद्धतिको पनि अलिकति सेवा गर्नुभयो। नेपालमा अलिकति संरचनावाद चिनाउनुभयो र शैलीविज्ञानी पद्धतिको एउटा स्कुल नै स्थापित गर्नुभयो। यो पनि संरचनावादी समालोचना पद्धति हो अब एक शात्रीय पद्धतिको रूपमा मात्र यसको अध्ययन हुन्छ। समयले नयाँ फड्का मारिसक्यो। तर मोराशलाई समयले ल्याएका नयाँ कुरा पनि थाहा थिए, उहाँ सुमुचित हुनुहुन्थ्यो। यसको उदाहरण ‘पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त’ ९संयुक्त० ले जनाउँछ।

‘सलिजो’ लेखेको दुई वर्षपछि उहाँले दोस्रो उपन्यास ‘पल्ली’ (२०६८) लेख्नुभयो। यसमा पनि एक नारीको विचित्र यौन मनोविज्ञान प्रस्तुत छ। यसले धेरै अघि उहाँ भद्रपुर क्याम्पसमा काम गर्दाका समयको पृष्ठभूमि र परिवेशलाई छुन्छ। यसको बारेमा मैले गरेको मूल्यांकनको एक अंश यस प्रकार छ : स्वैरकल्पनाको आश्चर्यजनक प्रयोगले अनादि कालको भूतप्रेत, मसान, पिचास, निर्जनता आदिबाट उत्पन्न हुन सक्ने अज्ञात भय र आजको साइबर चमत्कारबाट उत्पन्न हुने भूमिका मि िश्रत ‘पल्ली’ पढ्दा भयानन्दले धेरैपल्ट आङ सिरिङ हुन्छ। रोमान्स र हरर, आकर्षण र घृणा पनि उत्पन्न हुन्छन्। कुतुहलताले अन्तिम पृष्ठसम्मै तानेकोतान्यै गर्छ।

२०७३ सालमा उहाँसमक्ष एक अनुरोध लिएर गएँ- सर गणेशबहादुर प्रसाईं आफ्ना समकालीन, उहाँको स्मृतिग्रन्थमा छपाउने एउटा रचनाको लागि अनुरोध गर्दछु, म प्रधान सम्पादक। 

उहाँले भन्नुभयो -अब चाहिँ तथ्यांकहरू खोजेर, गरे वा नगरेका कर्म सम्झेर म नयाँ काम गर्न सक्तिनँ। शरीर शिथिल हुँदैछ।

त्यसो भए कोही मानिस लेखक लगाएर भएपनि आफ्ना (बारेका) संस्मरण लेख आदि जोडेर जीवनी, डायरी र कृतिको एउटा माला आरम्भ गरौं। हामी पनि सहायता गर्नेछौं। भविष्यले त्यो कृति खोज्नेछ।

हेरौं, त्यो चाहिँ सोचेको पनि हो, अब सकिने हो कि हो होइन। उहाँको स्वर मलिन थियो फेरि कर गर्न सकिनँ। तर त्यो अभाव झनझन् गहिरो हुँदैछ।

एकेडेमीले उहाँलाई गलायो, त्यहाँ प्रवेश पाउनु भएन। त्रिविले पनि गलायो, विभागीय प्रमुखसम्म पाउनु भएन। उहाँको प्रतिभाशाली शिष्यले ती स्थान भरे, भर्दैछन्। नेपाल यस्तै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.