कृषिबाटै करोडपति

कृषिबाटै करोडपति

सुनसरी :  कृषिबाट ‘खासै आम्दानी हुँदैन’ भन्ने धेरै भेटिन्छन्। ‘कृषिमा सम्भावना छैन’ भन्दै युवा खेतबारी बाँझै राखेर विदेश पलायन भइरहेका छन्। धरान–४, वसन्तटारका कृष्ण राई भने कृषि पेसाबाटै करोडपति बनेका छन्।

दुई बिघा आठ कठ्ठा जमिनमा २० भन्दा बढी प्रकारका तरकारी र फलफूलको खेती छ उनको। उनी मासिक तीन लाखभन्दा बढीको तरकारी बेच्छन्। उनको गोठमा १३ माउ गाई छन्। जसबाट दैनिक एक सय ५० लिटरभन्दा बढी दूध बिक्री गर्छन्। धरान बजारमा मात्र कृष्णले उत्पादन गरेका अर्गानिक तरकारी र दूध किन्ने ८० भन्दा बढी नियमित ग्राहक छन्। खोरमा २२ माउ बंगुर छन्। कुखुरा, माछा, हाँस पालेका राईले वार्षिक करोडभन्दा बढीको बिक्री गर्छन्। उनले कृषि तथा पशुपंक्षीपालनमा गरेको लगानी करोड नाघिसकेको छ। उनी भन्छन्, ‘जम्मा ५५ रुपैयाँ लगानी गरेर सुरु गरेको कृषि अहिले करोडौंको कारोबारमा पुग्यो।’

कृष्णको कृषि कर्मलाई अहिले उनका बुबा, आमा, श्रीमती र छोराले पनि सहयोग गरेका छन् भने अरू पाँचजनालाई खान–बस्न दिएर मासिक १२ हजारका दरले रोजगारी पनि दिएका छन्। २२ वर्षअघि स्कुल पढ्दा १० रुपैयाँमा काँक्राका १८ बियाँ किनेर कृषिमा हात हालेका थिए कृष्णले। उनी भन्छन्, ‘१० रुपैयाँका किनेको बिउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो। काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ। त्यहीबाट कृषिमा सम्भावना छ भनेर लागेँ र यो अवस्थामा पुगेँ।’

सुरुवातमा कृष्णको परिवारसँग जम्मा ६ कठ्ठा जमिन थियो। सामान्य खेतीले परिवार चलाउनै मुस्किल थियो। उनले खेती गर्ने तरिका बदले। आधुनिक तरिका सिक्दै अघि बढे। रेडियो, टीभीका कृषि कार्यक्रम सुने÷हेरे। पत्रपत्रिकामा पढे। कृषिमा कैयौं समस्या आए तर उनी भागेनन् बरु समाधानको खोजीमा लागे।

कृषिबाटै कमाएको पैसाले जोडेको घरसँगैको जग्गा ८ बिघाभन्दा बढी छ कृष्णसँग। कृषिकै आम्दानीबाट उनले मोरङको केराबारीमा २५ कठ्ठा जग्गा किनेका छन्। हाल करिब ८५ लाख लागतमा घरमै आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गरिरहेका छन्। कृषिसम्बन्धी तालिम दिन विभिन्न जिल्ला पुग्छन् उनी। उनी भन्छन्, ‘बाहिर तालिम दिन हिँड्दा आफ्नै खेतीपातीमा भने ध्यान दिन पाइँदैन। तालिमका लागि यही भवन बनाउँदै छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.