मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु

मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु

भरतपुर : चितवनमा मिनीबसको ठक्करबाट आज बिहान एक वृद्धाको मृत्यु भएको छ। बा ३ ख २५६५ नं को स्थानीय रुटमा चल्ने मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईंलाई ठक्कर दिँदा मृत्यु भएको हो। 

पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको  मिनिबसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। ठक्कर दिने बस प्रहरी निन्त्रणमा लिएको छ । बस चालक फरार भएपनि प्रहरीको सम्पर्कमा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ। हुमागाईंको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.