घर पुनर्निर्माणमा बेवास्ता

घर पुनर्निर्माणमा बेवास्ता

दोलखा : पुनर्निर्माण सुरु भएको तीन वर्ष पुग्न लाग्दा पनि दोलखाका ५ हजार लाभग्राहीले घर बनाउन सम्झौता गरेका छैनन्। जिल्लाका ६७ प्रतिशतले बिहीबारसम्म निजी आवास पुनर्निर्माण गरिसकेका छन्।

४ हजार ९ सय १७ लाभग्राहीले पहिलो किस्ताका लागि सम्झौता नगरेका हुन्। यो संख्या सुरु लाभग्राही, गुनासो सुनुवाइ र पुनः जाँच तथा सर्वेक्षणबाट आएको तथ्यांकबाट लिइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाका प्रमुख निर्मलदर्शन आचार्यले बताए। उनका अनुसार लाभग्राही संख्या जिल्लामा ६९ हजार ६ सय ८ पुगेको छ।

भीमेश्वरका १ हजार २ सय ४७, जिरीका १ सय ६१, गौरीशंकरका २ सय २१, कालिञ्चोकका ४ सय ७१, मेलुङका ५ सय ३९, तामाकोसीका ६ सय १, वैत्यश्वरका १ सय ४, विगुका ४ सय ४२ र शैलुङका ११ सय ३१ जनाले अझै सम्झौता नगरेको उनले सुनाए। उनका अनुसार ४४ हजार ७ सय ८२ लाभग्राहीले घर बनाइसकेका छन्।

सरकारका तर्फबाट ४२ हजार ७ सय २९ र गैरसरकारी संस्थाका तर्फबाट २ हजार ६१ लाभग्राहीले तेस्रो किस्ता लिएका छन्। सात महिनामा मात्र २० प्रतिशत निजी आवास पुनर्निर्माण भएको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.