पक्राउ परेका भारतीय तस्करसहित भरिया सार्वजनिक

पक्राउ परेका भारतीय तस्करसहित भरिया सार्वजनिक

राजविराज : गाजा तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको सप्तरीमा सशस्त्र प्रहरीले ठूलो परिमाणको गाजासहित पक्राउ परेका तीनजनालाई सार्वजनिक गरिएको छ। सशस्त्र प्रहरीले पक्राउ गरी तीनजनासहित ४२ किलो गाजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाए पछि जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीले तस्करबाट गोली प्रहार भएपछि सशस्त्र प्रहरीले हवाई फायर गर्दै घेरा हाली गाजासहित तीनजनालाई पक्राउ गरेको जनाएको छ। गाजा लिएर भारततर्फ तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र गाजा तस्करबीच हनुमाननगर कंकालिनी नगरपालिकास्थित गोबरगाढामा दोहोरो गोली हानाहान भएको सशस्त्र एसपी खेम थापाले समेत जनाए। गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीमाथि दुई गोली प्रहार भएपछि सशस्त्र प्रहरीले एक गोली फायर गरेको थियो।घाइते भने कोही भएका छैनन्।

पक्राउ पर्नेमा भारत विहार सुपौलका ६५ वर्षीय उदय मुखिया, हनुमाननगर कंकालिनी १४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर राय रहेका छन्।  मुख्य तस्कर र सहयोगीहरु समेत भारतीय नै रहेको र सीमावर्ती नेपालीलाई भरियाको रुपमा प्रयोग गर्ने गरेको बताउँदै एसपी राजेन्द्र विष्टले पक्राउ परेका उदयले नेपालका भरियाहरुलाई ओसारपसारमा प्रयोग गर्ने गरेको बताए। उनीहरुलाई पुर्‍याउने ठाउँबारे थाहा भएपनि कहाँबाट ल्याएको थाहा नभएकोले मुख्य तस्कर पत्ता लाग्न नसकेको एसपी विष्टले बताए। भरियाले आफूहरुलाई एक पटक गाजा ओसारे वापत दुई हजार दिने गरेको बताए। 

भारत निकासीका लागि गाँजा तस्करहरुले सप्तरीको बाटो प्रयोग गरिरहे पनि लामो समयदेखि तस्करहरु कोही पक्राउ परेका थिएनन्। उदयपुर, भोजपुर जस्ता पहाडी र आसपासका जिल्लामा उत्पादित गाँजा भण्डारण गरेर डोकोदेखि डुङ्गासम्मबाट ओसारपसार हुने गरेको त्यसअघि घटनाहरुले पुष्टि गरेको छ। गाजा तस्करहरुले प्रहरीले शंका नगर्ने भन्दै बालक, महिला र वृद्धलाई समेत गाजा ओसारपसारमा संलग्न गराउने गरेका छन्।

सप्तरीमा केही महिनायता भएका हत्या, हिंसाका घटनामा गाजा मुख्य कारक रहेको अनुसन्धानबाट पत्ता लागेपछि प्रहरीले गाजा खेती नष्ट गर्ने अभियान नै चलाएको छ। प्रहरी प्रशासनको कडाइले सप्तरीमा हुने गाँजाखेतीमा कमी आएपनि अन्यत्र उत्पादित गाँजाको बिक्री भारतीय बजारमा गर्ने उद्देश्यले सप्तरीमा सङ्कलन गरी निकासी गर्ने काममा भने कमी आएको छैन्। सप्तरीको गाजा नभई यो अन्यत्रबाटै ल्याएको र भण्डारण गर्न सप्तरीको भूमिलाई प्रयोग गरी महँगोमा बिक्री गर्न भारत विहारको सुपौल लैजान लागिएको एसपी विष्टले बताए। 

नेपाली बजारभन्दा भारतीय बजारमा गाँजाको मूल्य तीन गुणा बढी भएकाले व्यापक रुपमा गाँजा ओसारपसार हुने गरेको पक्राउ पर्नेहरुबाट बुझिएको छ।जिल्लाको भारदह, पातो, टिकुलिया, मौवाहा बेल्ही, काचन, पातोलगायतको नाका हुँदै भारततर्फ गाजा आसार्ने काम भइरहेको स्थानीयहरु बताउँछन्।पहाडी क्षेत्रमा लगाइएको गाजा एक नम्बर हुने साथै भारतमा बढी मूल्यमा बिक्री हुने भएकाले पनि तस्करहरु यसको ओसारपसारमा आकर्षित भएका हुन्।

प्रहरी उपरीक्षक विष्टका अनुसार सप्तरीसहित भारतिय सीमावर्ती तराईका सबै जिल्ला गाँजा तस्करीको ट्रान्जीट प्वाइन्ट रहेकोले ओसारपसारलाई निरुत्साहित गर्न सघन रुपमा लागेको बताए। तस्करका नाइकेहरुले स्थानीय तस्करहरुको सहयोगमा रातको समय पारेर चोर बाटो प्रयोग गर्दै गाँजाको ओसारपसार गर्दै आएका छन्। सप्तकोशी नदीबाट ल्याइने बासका चेपाहरुको समेत प्रयोग गर्ने गरेको र पहाडी क्षेत्रबाट आउने डोकोहरुमा समेत निकासी गर्ने गरिएको जानकारहरुको भनाइ छ।

खुल्ला सीमा, सिमावर्ती भारतीय बजारमा बढी मूल्यमा गाँजा बिक्री हुनुले नै सप्तरीको नाकालाई तस्करहरुले रोज्ने गरेको प्रहरीको ठम्याई छ। खुल्ला सीमाको फाईदा उठाउँदै गाँजा कारोवार बढेपछि खुल्ला सीमानै लागूऔषध नियन्त्रणको प्रमुख समस्या र प्रहरीको टाउको दुःखाईको विषय बनेको छ। 

प्रहरीका अनुसार सप्तरीको बाटो भई भारततर्फ गाँजा र मदिरा लैजाने तथा भारतबाट कोरेक्स, नाइट्रोजनजस्ता तयारी लागु औषध आउने गरेको छ। तस्करीमा अनेकौ उपाय अपनाउने गरेका कारण प्रहरी सुरक्षा मजबुत बनाइएको प्रहरी उपरिक्षक विष्ट बताउँछन्।एसपी विष्टका अनुसार तस्करहरुको कडा नेटवर्क र स्कर्ट टोली हुने गरेकोले गाजा ओसारपसारको स्रोतको खोजीमा रहेको प्रहरीले बोर्डर चेक प्वाइन्टमा कडाइ गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.