विमानस्थलको डिजेल चोरी गर्ने चार पक्राउ

विमानस्थलको डिजेल चोरी गर्ने चार पक्राउ

विराटनगर : विराटनगर विमानस्थलबाट चार सय लिटर डिजेल चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको । डिजेल चोरी गर्ने विमानस्थलका चौकीदार विराटनगर ४ का ४८ वर्षीय भोला यादव, उनकै छोरा २२ वर्षीय अमित र मुकेश यादव तथा भतिजा १९ वर्षीय चन्द्र यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ गरिएका चारैजनालाई आइतबार विराटनगरमा सार्वजनिक गर्दै उनीहरु विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

विमानस्थलको जेनेरेटर हाउसभित्र राखिएको चार सय लिटर डिजेल चोरी गरेको अनुसन्धानका क्रममा खुलेपछि चारैजनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। 

चारैजनाको मिलेमतोमा गत पुस ९ गते डिजेल चोरी भएको एसपी केसीको भनाइ छ। विमानस्थलमा काम गर्ने भोलाले डिजेल स्टक गरेर राखेको ठाउँका बारेमा सूचना दिएपछि उनका आफ्नै छोरा र भतिजाले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

विराटनगर विमानस्थल प्रमुख टेकनाथ सिटौलाका अनुसार डिजेल हराएको पाइएपछि प्रहरीलाई खवर गरिएको थियो। सिटौलाले पुस १३ गते घटना अनुसन्धानका लागि प्रहरीमा निवेदन दिइएको बताए। 

प्रहरीले पक्राउ परेकाहरुले लुकाएर राखेको ९० लिटर डिजेल पनि बरामद गरेको छ। तीन सय १० लिटर डिजेल भने लगेर बिक्री गरिसकेको खुलेको एसपी केसीले बताए। उनले चोरीको डिजेल किन्नेको पनि पहिचान भइसकेका कारण किन्नेमाथि पनि अनुसन्धान अघि बढाइने जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.