टिपर चालकलाई सडकमै प्रशिक्षण

टिपर चालकलाई सडकमै प्रशिक्षण

धरान : सडकमा टिपर आतंकका कारण सर्बसाधारणले अकालमै ज्यान गुमाउन थालेपछि ट्राफिक प्रहरीले टिपर चालकलाई सडकमै प्रशिक्षण दिन थालेको छ। ट्राफिक प्रहरी कार्यालय प्रदेश- १ को कार्यालय सुनसरीले सडकमा टिपरको दादागिरी नियन्त्रण गर्न र सर्बसाधारणको ज्यूधनको सुरक्षा गर्न सडकमा चालकलाई ट्राफिक जनचेतनामुलक प्रशिक्षण दिएर जिम्मेवार बनाउने अभियान सुरु गरेको हो। 

गत हप्ता मोरङको विराटचोकमा टिपरले किचेर एक बालिकाको हत्या भएपछि पूर्व पश्चिम राजमार्गमा समेत स्थानीयले अवरोध गरी ७ वटा टिपरमा आगो लगाएका थिए।घटनापश्चात ट्राफिक प्रहरीले टिपर चालकलाई जिम्मेवार बनाउन सडकमा नै प्रशिक्षण दिएर जिम्मेवार बनाउन सुरु गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय सुनसरीका डिएसपी कृष्ण प्रसाईले बताएका छन्।

प्रदेश १ का सुनसरी, मोरङ र झापा जिल्लाका अधिकांस सडकमा प्रहरी परिचालन गरी टिपर चालकलाई प्रशिक्षण दिन थालिएको उनको भनाई छ।ट्राफिकले पूर्वका मुख्य सहर धरान, इटहरी, इनरुवा, झुम्का, दुहवी, विराटनगर, बेलवारी, विराटचोक, उर्लावारी, पथरी, दमक, विर्तामोड, काँकडभिट्टा लगायतका स्थानमा टिपर चालकलाई प्रशिक्षण दिन थालेको हो। 

सुनसरी, मोरङ र झापा जिल्लामा अबैध रुपमा खोला उत्खनन गरी क्रसर उद्योग संचालनमा आएसंगै ढुङ्गा, गिटी, बालुवा ढ्वानी गर्ने क्रममा सडकमा टिपर व्यबसायीहरुले अस्वस्त प्रतिष्पर्धा गरेका कारण दुर्घटनाका घटना वृद्धि हुन थालेका छन्।

बढी नाफा कमाउने उदेश्य र चालकले बढी ट्रिप सामान ढ्वानी गरे बापत व्यवसायीले चालकलाई बढी भत्ता दिन थालेपछि चालक बढी रकम आम्दानी गर्ने उदेश्यले टिपर र ट्रक चलाकबीच तीव्र प्रतिपर्धा हुने गरेको  स्थानीयको भनाई छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश १ का सचिव लक्ष्मी बाँनियाले व्यवसायीहरुले अस्वस्त प्रतिपर्धा गर्न छाडेर व्यवसायमा इमान्दारिता देखाए चालकहरु समेत जिम्मेवार हुने बताउँछन्। उनले चालकका कारण नभएर दुर्घटना भवितव्य रुपमा हुने भएकाले दुर्घटनापश्चात् हुने अराजक घटनाका कारण यातायात क्षेत्रमा काम गर्ने मजदुर असुरक्षित हुने गरेको हो।'

ट्राफिक प्रहरीले सडकमा गुडिरहेको टिपरलाई रोकेर चालकलाई सडकमा झारी तिर्ब गतिमा टिपर नचलाउन, बाटो काटिरहेका यात्रु देख्ने वित्तिकै टिपर रोकेर यात्रुलाई बाटो काट्न सहयोग गर्न, जेब्रा क्रसिङमा अनिवार्य टिपर रोकि यात्रुलाई बाटो काट्न सहज बनाउन र ओभर टेक गरी टिपर नचलाउन प्रशिक्षण दिने गरेको  छ।

त्यस्तै क्षमता भन्दा बढि सामान ढ्वानी नगर्ने, लापरवाहि तरिकाले सवारी नचलाउने, ओभर टेक गर्दा अनिवार्य साईट लाईट बाल्ने र सम्भावित घटनाबाट अरुलाई बचाउने र आफु पनि बच्ने उपायका वारेमा टिपर चालकलाई ५ देखि १० मिनेट सम्मको समयमा प्रशिक्षण गराईने गरेको डिएसपी प्रसाईले बताए।

उनका अनुसार प्रदेश नम्बर एकका विभिन्न स्थानमा ४७ वटा कार्यक्रम संचालन गरी तीनसय २५ जना टिपर चालकलाई पशिक्षण गराईएको छ। ट्राफिकले सडकमा प्रशिक्षण दिएका टिपर र चालकहरुको अभिलेख राख्ने र ट्राफिक चेकिङका क्रममा पुनः नियम उल्घंन गरेको पाईए त्यस्ता चालकहरुलाई मुद्धा चालाई कार्वाहि गरिने डिएसपी प्रसाईले बताए। ट्राफिक प्रहरीले टिपर चालकलाई जिम्मेवार बनाउन टिपर व्यबसायीहरुलाई समेत सचेत गराएको छ। 

ट्रक संघका केन्द्रिय सचिव तथा धरानका टिपर व्यवसायी जिवि खड्काले टिपर चालकलाई जिम्मेवार बनाउने ट्राफिक प्रहरीको कामको प्रसंशा गरेका छन्। उनले कतिपय घटनामा भने ट्राफिक प्रहरीले टिपर व्यवसायीहरुलाई दिने अनाबश्यक दुःख सदाका लागि अन्त्य हुनुपर्ने माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.