भन्सार छली ल्याएको १० लाखको अवैध सामान पक्राउ

भन्सार छली ल्याएको १० लाखको अवैध सामान पक्राउ

सिरहा : प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका झाझपटीबाट भन्सार छली ल्याइरहेका १० लाख बराबरको हार्डवेयरका समान बरामद गरेका छन्। भारतीय बजारबाट समान ल्याइरहेका भरियाले प्रहरी गस्ती टोलीलाई देखेपछि उक्त समान छाडेर भागेका थिए। 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलका अनुसार तस्करले भरिया मार्फत १८ बोरा हार्डवेयरका समान नेपाल ल्याइरहेको थियो। 

सीमा प्रहरी चौकी झाझपटीका प्रहरी गस्ती टोलीलाई देखेपछि समान बोकेर आउँदै गरेका भरियाले समान छाडेर भागेको उनले सुनाए। बरामद गरिएको समान भन्सार कार्यालयमा बुझाएको उनले बताए।

झाझपटी प्रहरीको न्यून उपस्थित हुने नाका हो। तस्करहरुले प्राय यही नाकाबाट समान तस्करी गर्ने गरेका छन्। भारतीय बजार र नेपाली गाउँ सीमा नजिकै हुँदा यो नाका तस्करको रोजाईमा पर्ने गरेको स्रोतको दाबी छ। 

     
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.