किन बालबालिकालाई चिया पिउन दिनु हुँदैन?
काठमाडौं : चिया एक यस्तो चिज हो जसले अधिकांश मानिसको हरेक दिनको सुरुवात गर्छ। चिया पिउँदा ताजापनमात्रै नभइ शरीरमा शक्ति प्राप्त हुने चिया पारखी बताउँछन्।कतिपय व्यक्ति तनाव वा अल्छि भगाउन चिया पिउने गर्छन्।
तर चिया बालबालिकाका लागि भने हानिकारक मानिन्छ। चियामा भएको कफिनले बालबालिकाको मस्तिष्कमा असर गर्छ । अत्यधिक चिया पिउने बालबालिकाको पाचन प्रक्रियामा समेत असर गर्ने विभिन्न अध्ययनले देखाएको छ।
चियाले बालबालिकाको किड्नीमा असर गर्छ। चियाले दाँतसम्बन्धी समस्या निम्त्याउने गर्छ । त्यसैले चियाको प्रयोगमा ध्यान दिनु आवश्यक हुन्छ। नियमित चिया पिउने बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ। स्वास्थ्यमा विभिन्न असर गर्ने भएकाले बढ्दो उमेरका बालबालिकालाई चिया पिउन दिन नहुने सम्बन्धित विज्ञहरु सुझाउँछन्। बालबालिकाले चियाको सट्टा हर्बल टी पिउनु राम्रो मानिन्छ।
चिया पिउँदा हुने वेफाइदाहरु
-चिया पिउने बालबालिकामा क्याल्सियमको कमी हुन्छ।जसले गर्दा हड्डीहरु कमजोर हुने संभावना निकै बढी हुन्छ।
- खुट्टाको दुखाई विस्तारै बढेर जान्छ।
- दाँतमा असर गर्छ
- नियमित चियाँ पिउने बालबालिकाका दाँत पहेला हुनेगर्छन्।
- चियाभन्दा हर्वल टी राम्रो हुन्छ।