भत्ताको रकम हिंसा पीडितलाई

भत्ताको रकम हिंसा पीडितलाई

धादिङ : सरकारी ओहोदामा बसेका कार्यालय प्रमुखको दैनिकी सभा समारोह, अनुगमन, छलफलमा व्यस्त हुनु ठूलो कुरा होइन।उसो त ठूलाबडालाई कार्यक्रममा अनुहार मात्र देखाएर फर्किँदा भत्ताको पनि राम्रै व्यवस्था हुन्छ।तर त्यो रकम उसले कहाँ कसरी खर्च गर्छ त्यो आम मानिसको खोजिको विषय पनि भएन।तर जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी डम्बर बहादुर विकले भने आफूले पाएको भत्ता हिंसा पीडित महिलालाई वितरण गरेका छन्।

एसपी विकले सरुवा भएर जाँदा आफूले पाएको भत्ता रकम हिंसा पीडित महिलालाई उपलब्ध गराएका हुन्।उनी १० महिना अघि धादिङ जिल्लाको प्रहरी प्रमुख भएर आएका थिए। एसपी विकले आफ्नो कार्यकाल भरिमा विभिन्न कार्यक्रममा जाँदा भत्ताबापत पाएको रकम संकलन गरी सरुवा भएर जाँदा धादिङकै लैङिगक हिँसा विरुद्धको अभियानमा खर्च होस् भनेर जिल्ला संजाललाई हस्तान्तरण गरेको बताए।

पत्रकारको रोहवरमा हस्तान्तरण गर्दै एसपी विकले भने, 'धादिङको जिल्ला प्रहरी कार्यालयमा हाजिर भएकै दिन एउटा खुत्रुके किन्न पठाएँ र आफ्नो कार्यकक्षमा राख्न लगाएँ। दिनहुँ जस्तो म कुनै न कुनै कार्यक्रममा गएकै हुन्थे, नियमानुसार बेलाबेलामा भत्ता पनि पाउथे र भत्ता बापत बुझेको रकम खाम समेत नखोली अफिस आएर खुत्रुकेमा खसालिदिन्थेँ।'

१० महिना धादिङ बस्दाको अवधिमा नगद ४१ हजार ३ सय ९९ सय रुपैयाँ जम्मा भएको रकम सरुवा भएर जान लाग्दा लैङिगक हिंसा न्युनिकरण जिल्ला सन्जालको नाममा हस्तारण गरेका हुन्। एसपी विकले अन्य जिल्लामा बस्दा पनि आफूले यसैगरी भत्ता बापतको सहयोग सरुवा भएर जाने बेलामा जिल्लामै कुनै अनुकरणीय काममा खर्च होस् भनेर हस्तान्तरण गरिएको बताए।

धादिङ जिल्लाबाट बिदाइ भएर जानै लाग्दा एसपी विकले गरेको यो कामको कर्मचारीहरुमाझ निकै चर्चा पाएको छ। कतिपयले एसपी विकले उदाहरणीय काम गरेको बताए। लैङिगक हिंसा न्युनिकरणकै क्षेत्रमा काम गर्ने संस्था सहयात्री समाजकी कार्यकारी निर्देशक राधिका सापकोटाले भनिन्, 'उहाँको कार्यकाल अवधिभर लैङिगक हिंसा न्युनिकरणका लागि निकै राम्रा काम भएका छन्, जुन पछिसम्म पनि सम्झिरहने छन्, अझ जाने बेलामा सबैलाई चकित बनाउँदै उहाँले गर्नुभएको सहयोग त झन् उदारहणीय नै भयो।'

लैङिगक हिंसा धेरै हुने जिल्लामा धादिङ पनि एउटा भएकाले एसपी विकको सहयोग थोरै भएपनि यसले ठूलो अर्थ दिने सापकोटाले बताइन्। पत्रकार हरिहरसिंह राठोरले भने, 'एसपी धादिङ छोटो समय बसेको भएपनि जानेबेलामा उनले गरेको कामले राम्रो काम गर्न खोज्ने सरकारी कर्मचारीलाई एउटा सन्देश छाडेर गएको छ।' विदाइ कार्यक्रममा एसपी विकलाई नेपाल पत्रकार महासंघ लगायत केही संस्थाले मायाको चिनो प्रदान गरेका थिए।

ट्राफिक प्रहरी महाशाखाबाट धादिङ आएका एसपी विक प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरुवा भएर गएका हुन्। धादिङमा प्रहरी प्रशिक्षण प्रतिष्ठानबाटै राजकुमार बैदवार आउने भएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.