करेन्ट लागेर तीन घाइते, एक गम्भीर

करेन्ट लागेर तीन घाइते, एक गम्भीर

 विराटनगर : विराटनगरको भृकुटी चौकमा करेन्ट लागेर सोमबार दिउँसो तीनजना घाइते भएका छन्। मोरङको बुढीगंगा गाउँपालिका-४ का २५ वर्षीय मोहम्मद रहिम, सञ्जिव पासवान र मुकेश पासवान घाइते भएको प्रहरीले जनाएको छ। 

घाइते तीनैजनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ। घाइतेमध्ये रहिमको अवस्था गम्भीर छ। उनको टाउकोमा रगत जमेको र टाउकोको हड्डी फुटेको उपचारमा संलग्न चिकित्सकलाई उधृत गर्दै प्रहरीले जानकारी दिएको छ। 

सडक विस्तारसँगै विद्युतको लाइन मर्मतका क्रममा उनीहरुलाई विद्युतको पोलमा चढेका बेला करेन्ट लागेको थियो। करेन्ट लागेपछि लगभग १० मिटर अग्लो पोलबाट उनीहरु भूइँमा खसेका थिए। विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजीव सिंहले घाइते तीनैजना भूमि कन्स्ट्रक्सनका कर्मचारी भएको जानकारी दिए।

भृकुटी चौक फिडरको लाइन डाउन गरेको अवस्थामा उनीहरुले अर्को लाइनमा काम गर्दा दुर्घटना भएको सिंहको दावी छ ।यस घटनामा प्राधिकरणको कुनै लापरवाही नभएको दावी गर्दै सिंहले यसको क्षतिपूर्ति कन्स्ट्रक्सनले बेहोर्नु पर्ने बताए । उनले कन्स्ट्रक्सनले मजदुरका लागि सामान्य सुरक्षा व्यवस्था नगर्दा घटना हुन गएको बताए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.