विभिन्न क्षेत्रका २२ जनालाई सम्मान

विभिन्न क्षेत्रका २२ जनालाई सम्मान

काठमाडौं : विभिन्न क्षेत्रमा रहेर राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्‍याएका २२ व्यक्तित्वलाई सम्मान गरिएको छ ।

जिउँदो सहिद गुरु पण्डित दुर्गाप्रसाद भट्टराई प्रतिष्ठान र गान्धी इन्टरनेशनल मिसनले सहिद दिवसका अवसरमा राजधानीमा आयोजना गरेको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सम्मान गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले पशुपतिनाथ मन्दिरका मूलभट्ट र भट्टहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी, मानवअधिकारकर्मी र समाजसेवीलाई सम्मान गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार, मूलभट्ट गणेश भट्ट, भट्टहरू श्रीराम कायस्थ भट्ट, नारायण भट्ट, राधादेवन भट्ट र गिरिश भट्ट, सञ्चारकर्मीमा अन्नपूर्ण पोष्ट दैनिकका गोपीकृष्ण ढुंगाना, भक्तिदर्शन टेलिभिजनकी हेमा शर्मा र इमेज टेलिभिजनका कूलचन्द्र भट्टराई, नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल, डिएसपी सुनिल मल्ल र इन्स्पेक्टर मीनबहादुर कुँवर क्षेत्रीलाई सम्मान गरिएको हो ।

यसैगरी, मानवअधिकारकर्मी राष्ट्रिय मानवअधिकार आयोगका कार्यकारीनिर्देशक यज्ञप्रसाद अधिकारी, समाजसेवीहरू कमलकुमार खड्का, लक्ष्मीदेवी ढुंगाना, लक्ष्मीदेवी राउत, रामबहादुर कार्की, दुर्गाबहादुर मिश्र, नवराज खतिवडा, डम्बर श्रेष्ठ, लक्ष्मीप्रसाद लुइँटेल, विमला महत पण्डित र भुवनप्रसाद रेग्मीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा पूर्वगृहमन्त्री प्रकाश सिंह, पूर्वसंस्कृति मन्त्री रामकुमार श्रेष्ठ, पूर्वप्रधान सेनापति रुक्मांगत कट्वाल लगायतको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.