नेपालमा लगानी गर्न साउदीलाई अनुरोध

नेपालमा लगानी गर्न साउदीलाई अनुरोध

काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले साउदी अरेबियालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा साउदी अरेबियाका राजदूत मुसैदविनसुलेइमन आई मारवानसँग सोमबार गरिएको शिष्टाचार भेटवार्तामा उनले यस्तो आग्रह गरेका हुन्।

अर्थमन्त्री खतिवडाले साउदी अरेबियासँग भएको स्रोत नेपालमा लगानीको लागि राम्रो अवसर भएकाले समयमै पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरे। नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकासलगायतमा साउदी कोषले सहयोग गरेको छ। उनले करिब चार लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत भएको भन्दै साउदी अरेबिया नेपालीका लागि दोस्रो घर भएको स्मरण गराए। साउदी सरकारले नेपालीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य र जनजीवनको सुधारमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै नेपालको अर्थतन्त्रमा समेत सहयोग पुगेको मन्त्री खतिवडाको भनाइ छ।

मन्त्री खतिवडाले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरेबियाका लगानीकर्तालाई बढीभन्दा बढी सहभागी गराउन दूतावासमार्फत सन्देश प्रवाह गर्नुपर्ने बताए।

भेटमा साउदी अरेबियाका राजदूत मारवानले साउदी अरेबिया फन्डमार्फत नेपालमा भूकम्पपछिको पुनर्निर्माण, शिक्षा, स्वास्थ्य र निजीआवास निर्माणमा सहयोग गर्न विभिन्न चरणका छलफल र वार्ता अघि बढेको जानकारी दिए। नेपालमा लगानी र सहयोग गर्न साउदी अरेबिया तयार रहेको भन्दै राजदूतले दुवै देशबीच उच्चस्तरीय भ्रमण गरी सम्बन्धलाई थप उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.