भेरीमा ठेकेदारको मनोमानिमा ढुङ्‍गा उत्खनन्

भेरीमा ठेकेदारको मनोमानिमा ढुङ्‍गा उत्खनन्

डोल्पा : भेरीको किनारमा तटबन्द हालेर सदरमुकाम संरक्षण गर्न लागिएको छ।सदरमुकाम संरक्षण गर्ने बाहानामा भेरी नदीमा ठेकेदारले मनपरी ढुङ्गा उत्खनन् गरिरहेका छन्। सदरमुकाम दुनै बचाउने कार्यक्रम अनुसार दुनैका दुबैतिर तठबन्ध हाल्ने काम भैरहेको छ। इष्टीमेटमा ग्याबीनमा राखिने ढुङ्गा बाहिरबाट ल्याउने र २ हजार चट्टा ढुङ्गा लाग्ने भनिए पनि ठेकेदारले भेरीकै ढुङ्गा निकालेर तारजालीमा प्रयोग गरि रहेका छन्। 

भेरीका ढुङ्गा निकाल्दा वातावरणीय प्रभावबारे सोच्दै नसोची ठेकेदारको भरमा सदरमुकाम दुनैको बचाउका लागि तटबन्ध हाल्न थालेपछि स्थानीय चिन्तित भएका छन्। ठेकेदारले मनपरी ढुङ्गा निकाली रहँदा स्थानीय सरकार भने मौन छ। 

भेरीको बीचबाट डोजर लगाएर ढुङ्गा उत्खनन् गर्न थालेपछि भेरीका किनारमा घर भएका स्थानीय त्रसित भएका छन्। हिउँदको समयमा खोलाजस्तो देखिने भेरी बर्खामा उर्लेर तहसनहस पार्ने गरेकाले भेरीका बीचका ढुङ्गा निकाल्न नहुने सुशील  बुढाले बताए।

फोक्सुडोबाट आउने खोला र ठूलीभेरी मिसिने दोभान सुलिगार्डदेखि दुनैको मेलसरासम्म साना पेटि ठेकेदारदेखि तटबन्ध निर्माण ठेकेदारसम्मले मनपरी ढुङ्गा उत्खनन् गरिरहेका छन्। 

भेरीको ढुङ्गा उत्खनन् गर्नका लागि रोक लगाएको र अनुगमन समितिले निरन्तर त्यसको अनुगमन गरिरहेको अनुगमन समितिका सदस्य हिक्मत शाहीले जानकारी दिए।तर यता ठेकेदारका कामदारले भने दिनभर भेरीकै ढुङ्गा निकालेर तटबन्धका लागि जाली भरेको एक स्थानीयले बताए। 

नगरको केन्द्र विवादले स्थानीय सरकार मौन

नगरपालिकाको केन्द्र विवादको कारण स्थानीय सरकारले कानुनी कुरामा केही गर्न नसकेको ३ का वडा अध्यक्ष न्यौपानेले स्वीकार गरे। उनले भने,' हामी नगरपालिकको केन्द्र विवादमा छौं हरेक काम ठप्प छन् तरपनि यो काममा भने कुनै कमि हुन दिने छैनौं।'

तटबन्धको काम दुनै बचाउ अर्थात् सदरमुकाम बचाउका लागि निकै प्रभावकारी योजना रहेको तर ठेकेदारले भेरी भित्रका ढुङ्गा उत्खनन् गरी ग्याबीन भर्ने काम गरे स्थानीय सरकारले कारवाही गर्ने वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले बताए। 

उर्जा,जलस्रोत तथा सिँचाइ विभाग मन्त्रालय अन्तरगत जलस्रोत तथा सिँचाइ डिभिजन नदी नियन्त्रण महासाखामार्फत २७ करोड लागतमा दुनै बजारको संरक्षण गर्न भेरी नदीको किनारमा तारजाली हालेर सदरमुकाम जोगाउन लागिएको छ। 

कन्काइ थोदुङ जेबी कन्सट्रक्सनले जिम्मा लिएकोले दुबैतिर जाली र ढुङ्गा राख्ने काम रहेको नदी नियन्त्रण महाशाखका इन्जिनियर मनोजकुमार देबले जानकारी दिए। कर्णाली प्रदेशका जिल्लामा भेरी नदीको कारण सबैभन्दा उच्च जोखिम सदरमुकाम रहेको जिल्लाका रुपमा डोल्पा सदरमुकाम पर्दछ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.