उग्र बन्दै नगरपालिकाको केन्द्र विवाद

उग्र बन्दै नगरपालिकाको केन्द्र विवाद

डोल्पा : डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र विवादको टुंगो नलाग्दा आन्दोलन चर्किदै गएको छ। नगरपालिकाको केन्द्र विवाद नसल्टिएपछि एक वर्षदेखि निरन्तर विरोधका कार्यक्रम भइरहेका छन्। 

गत फागुन १६ गतेबाट चर्किएको विवाद अहिलेसम्म समाधन भएको छैन। केन्द्र विवादका कारण एक वर्षदेखि विकासका कुनैपनि काम हुन सकेका छैनन्। 

नगरप्रमुख गणेशबहादुर शाहीले जालसाजी गरेर दुनैमा रहेको केन्द्र जुफाल सारेको भन्दै आन्दोलन सुरु भएको हो। केन्द्रको विवाद भने गत चैत्रबाट सर्वोच्च अदालतमा पुगेर अड्किएको छ। 

कहिले नगरप्रमुखको पुत्ला दहन त कहिले बजार बन्दलगायतका कार्यक्रलाई दुनैबासीले निरन्तरता दिएका छन्। स्थानीयले ‘भ्रष्टाचारी मेयर मुर्दावाद, जालसाजी मेयर राजीनामा दे, दुनै केन्द्र कायम गर’ जस्ता नारा लगाउँदै दुनैमा विरोध जारी राखेका छन्। 
    
केन्द्र विवादको मुद्दा सर्वोच्च अदालतमा पुगेकाले तत्काल  केन्द्र तोकिनु पर्ने र राज्यले गलत नियतबाट जनतलार्ई झुक्याउने नगरप्रमुखलाई कारवाही गर्नु पर्ने माग १, २, ३, ४, ६, १० र ११ वडाका अध्यक्षले माग गरेका छन्। 

दुनैमा केन्द्र कायम भएरै छोड्ने विश्वास रहेको नगरउपप्रमुख योगेन्द्रबहादुर शाहीको दाबी छ। नगरप्रमुखले जनप्रतिनिधि र जनतालाई घात गरेकाले त्यसको सजाय जीवनपरन्त पाउने उपप्रमुख शाहीले बताए। एक वर्षसम्म जनताले पाएको दुःख र विकास अवरुद्ध अब छिटै सहज हुने विश्वास उपप्रमुख शाहीको छ। 

ठुलीभेरी नगरपालिकाको केन्द्र विवादको मुद्दाका विषयमा सर्वोच्च अदालतमा अहिलेसम्म नौ पटक पेशी चढिसकेको छ। निष्कर्षमा नपुगेको मुद्दाको अर्को पेशी फागुन २६ गतेका लागि तोकिएको छ। 

नगरसभाको पहिलो बैठकले केन्द्र सार्ने निर्णय गरे अनुसार नै जुफाल केन्द्र सारेको र सरकारले फागनु १६ गते राजपत्रमा प्रकाशित गरेको नगरप्रमुख गणेशबहादुर शाहीको भनाइ छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.