फरार अभियुक्त ७ वर्षपछि पक्राउ
भोजपुर : अवैध गर्भपतन मुद्धामा ०६९ साल जेष्ठ २५ गते जिल्ला अदालत भोजपुरबाट ३ वर्ष कैद सजाय फैसला पाएका आमचोक गाउँपालिका- ३ थिदिङखाका राजु भनिने ३९ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ।
सजाय पाएपछि फरार भएका अभियुक्त राईलाई खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय घोरेटारले यहि माघ १७ गते पक्राउ गरी जिल्ला अदालत भोजपुरमा बुझाएको थियो।
सुनसरीको रामधुनी नगरपालिका-६ टेडीमा बस्दै आएका अभियुक्त राईलाई जिल्ला अदालतको आदेश बमोजिम कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीले जानकारी दिए।