लक्ष्मी बैंकको हाँडीगाउँ र पेप्सिकोलामा नयाँ शाखा
काठमाडौं : लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा मंगलबार थप दुई शाखा विस्तार गरेको छ। काठमाडौंको हाँडिगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ।शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकको छ।
यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६जिल्लामा ९८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ।
यी शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ।सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमालगायतका वित्तीय सेवाको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा सेवा विस्तार गर्दै आएको छ।
शाखा विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाईको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाइल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।
सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ६२ शाखामार्फत विभिन्न जिल्लामा हाल कूल ३अर्बभन्दा माथिको लघुकर्जा सुविधा प्रदान गरेको छ।
साथै बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सन् २००९ देखि नेपाल धितोपत्र बोर्डबाट इजाजत लिई विभिन्न मर्चेन्ट बैंकिंग सेवा सञ्चालन गर्नुका साथै बैंकको प्रवद्र्धनमा लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्विटी फण्ड नामक म्युचुअल फण्ड योजना सञ्चालनमा ल्याएको छ।