सप्तरीमा बहुविवाह गर्ने जोडीलाई एक वर्ष कैद सजाय

सप्तरीमा बहुविवाह गर्ने जोडीलाई एक वर्ष कैद सजाय

राजविराज : सप्तरीको डाकनेश्वरी नगरपालिका–१ स्थित बहुविवाह गर्ने एक जोडीलाई जिल्ला अदालतले एक वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले तारेखमा रहेका आरोपितहरु ३४ वर्षीय जयराम साह र उनकी दोस्रो श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई सोमबार जनही एक वर्ष कैद सजायको फैसला गरेको हो ।

अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पीडितले उजुरीका साथ पेश गरेको विवाह दर्ता, छोराहरुको जन्मदर्ता र दोस्रो विवाह गर्दा काटेको कंकालिनी भगवती मन्दिरको रसिदका आधारमा बहुविवाह गरेको दावी पुष्टि भएकोले कैद र जरिवानाको फैसला गरिएको हो ।

साहकी पहिलो श्रीमती २५ वर्षीया सञ्जुदेवी साहले आरोपितहरुविरुद्ध दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले ०७३ जेठ १७ गते दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको थियो ।

जयरामले कुटपिट गरी जेठी श्रीमतीलाई घरनिकाला गरेपछि दोस्रो बिहे गरेका थिए । जयरामले हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाकी रुबनकुमारीसँग भारदहस्थित कंकालिनी भगवती मन्दिरमा ०७२ फागुन १२ गते दोस्रो विवाह गरेका थिए ।

फैसला कार्यान्वयनका लागि अभियुक्तहरुलाई पत्राचार गरिने अदालतले जनाएको छ । सामाजिक परम्पराअनुसार २०६८ फागुन २९ गते विवाहित पीडितका पाँच र तीन वर्षका दुई छोरा छन् ।

पीडितले नावालक छोराहरुको हकमा संरक्षक भइ आफ्नो हकमा समेत ०७३ जेठ ६ गते माग गरेको मानाचामल खर्चवापत अभियुक्तबाट मासिक तीन हजार भराइपाउने फैसला समेत सोमबार भएको अदालतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.