इन्डो नेपाल ब्याटमिटन सुरु

इन्डो नेपाल ब्याटमिटन सुरु

 विराटनगर : दोस्रो इन्डो नेपाल ब्याटमिटन प्रतियोगिता मंगलबारबाट विराटनगरस्थित मदर टेरेसा स्कुलमा सुरु भएको छ। 

पहिलो प्रतियोगिता सम्पन्न भएको चार वर्षपछि दोस्रो प्रतियोगिता आयोजना भएको हो। सन् २०१४ मा विराटनगरमै भएको पहिलो प्रतियोगिताको विजेता नेपाल बनेको थियो। 

बल ब्याडमिटन फेडरेसन अफ नेपालको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका एक सय ५० जना खेलाडी सहभागी छन्। 

 
नेपालबाट ७५ र भारतबाट ७५ जना खेलाडीले भाग लिएको बल ब्याडमिटन फेडरेसनका महासचिव असिम रेग्मीले जानकारी दिए। 

प्रतियोगिताको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दुई देशीय सम्बन्धलाई अझ मजदुत बनाउन यस्ताखालका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। 
उनले समृद्ध नेपाल निर्माणका लागि खेल पनि एक प्रमुख माध्यम भएको भन्दै खेल क्षेत्रको विकासका लागि महानगरपालिकाले सबै खाले सहयोग गर्ने प्रतिवद्धता जनाए । 

कार्यक्रमका अध्यक्ष सञ्जयकुमार यादवले विद्यार्थीलाई खेलको माध्यमबाट आपसी आत्मियता, अनुशासन कायम राख्न र नयाँ खेलका प्राविधिक पक्षको जानकारी दिन प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। 

यस्ता प्रतियोगिताले नेपाललाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन सहज बनाउने उनको भनाइ छ। यादवले अन्तर देशीय खेलकुद प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। 

प्रतियोगितामा बल ब्याटमिन्टन फेडेरेशन अफ एसियाले तय गरेका नियमअनुसार फाइव इभेन्ट, मिक्स इभेन्ट र डबल इभेन्ट खेलहरु खेलाइने छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.