चितवनबाट एनपीएल खेल्दै पाकिस्तानका सोहेल तनभिर

चितवनबाट एनपीएल खेल्दै पाकिस्तानका सोहेल तनभिर
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजले पाकिस्तानका अनुभवी खेलाडी सोहेल तनभिरलाई अनुबन्ध गरेको छ। लामो समय पाकिस्तानी टोलीमा बिताएका बायाँ हाते तीब्र गतिका बलर तनभिरको बलिङ शैलीले उनी संसारभर चर्चामा रहँदै आएका छन्।

राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलका उनले टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी आईपीएलसँगै पाकिस्तान सुपर लिग विजेता टोलीको पनि सदस्य हुन्। उनको सबैभन्दा ठूलो उपलब्धि पाकिस्तानलाई सन् २००९ मा टीट्वेन्टी विश्वकपको उपाधि दिलाउनु हो। 

‘मैले यसलाई एक चुनौतीका रुपमा लिएको छु। नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरूका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभूति हुनेछ। मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्’, तनभिरले भन्छन्।

चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले दक्षिण अफ्रिकाका मचेन्ट डे ल्याङको स्थानमा तनभीरलाई टोलीमा अनुबन्ध गरेको बताए। ‘हामीलाई यस्तै कुनै खेलाडीको खाँचो थियो। हामीले डे लाङको अभावलाई खड्किन नदिन सोहेल तनभिरलाई अनुबन्ध गरी टिममा नयाँ ऊर्जा थपेका छौं। उनको उपस्थितिले टिमलाई उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्दछ’, अध्यक्ष न्यौपानेले भने। 

चितवनले यसअघि इङ्ल्यान्डका लुक मार्टिन बेनकेन्स्टाइन, अफगानिस्तानका हसन इसाखिल, नामिबियाका जान निकोल लोफ्टी इटन र इङ्ल्यान्ड रवि बोपारालाई भित्र्याएको छ। चितवनको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ल छन्। टोलीले राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक उमेश पटवाललाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ।

एनपीएलको पहिलो संस्करण यही मंसिर १५ गतेदेखि आयोजना हुँदैछ। आगामी पुस ६ गते सञ्चालन हुने प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताका सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुनेछ। प्रतियोगिताको भारतीय टेलिभिजन स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.