सदरमुकाम विवाद : सासंदसँग भोट फिर्ता माग्दै प्रदर्शन

सदरमुकाम विवाद : सासंदसँग भोट फिर्ता माग्दै प्रदर्शन

रुकुम पूर्व : रुकुम पूर्वको स्थायी सदरमुकाम कहाँ रहने भन्ने बिषयमा आन्दोलन चर्किंदै गएको छ। मंगलबार गोल्खाडामा प्रदर्शन गरेका सर्वसाधारणले आफूले जिताएर पठाएका सासंदले जनमतको कदर गर्न नसकेको आरोप लगाए। उनीहरूले मत फिर्ताका लागि भन्दै हस्ताक्षर अभियान चलाएका छन् ।

गोल्खाडा सदरमुकाम स्थापना सरोकार समितिका सदस्य ध्रुव पुन मगरले प्रतिनिधिसभा सासंद कमला रोका र प्रदेशसभा सदस्य तेजबहादुर ओली जनताका पक्षमा नबोलेको आरोप लगाए। ‘हाम्रै क्षेत्रबाट हाम्रो मतले चुनाव जितेर अहिले हाम्रो पक्षमा नबोल्नु जनमतको पमान हो ।’ मगरले भने ।

गोल्डामा सदरमुकाम राख्ने विषयमा जिल्लाका तीन गाउँपालिकाका ३१ वडा मध्ये पुथा उत्ततरगंगाका १४ वटै वडा र भुमे गाउँपालिका केही वडाका जनताको समर्थन रहेको प्रदर्शनकारीको दाबी छ ।  गोल्खाडामा मंगलबारको विरोध कार्यक्रम आयोजना गरिएको थियो । बुधबार जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने बताइएको छ । 

 प्रशासनले भने सदरमुकामका विषयमा विवाद बढ्दै गएपिछ मुडभेडमा हुने सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले आइतबार साँझ ७ बजेदेखी अर्को आदेश नभएसम्मका लागि रुकुमकोट उपत्यका र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। निषेधित क्षेत्रमा कुनैपनि प्रकारको विरोध प्रर्दशन, सभा, जुलुस भेला नगर्न स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.