भूकम्पले चर्किएको घर भत्किँदा वृद्धको मृत्यु

भूकम्पले चर्किएको घर भत्किँदा वृद्धको मृत्यु

नुवाकोट : नुवाकोटको पुर्वी भेगमा रहेको रातमाटेमा घर भत्कांदा स्थानीय एक वृद्धको ज्यान गएको छ भने उनका छोरा घाइते भएक छन् । 

सदरमुकाम विदुरदेखि २० किलोमिटर दक्षिणस्थित बेलकोटगढी नगरपालिका–७ रातमाटेको आलडाँडाँमा वुधवार विहान ३ बजेतिर घर भत्किँदा स्थानीय ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

घर भत्किएर उनका ५२ वर्षीय छोरा शुक्रबहादुर घाइते भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए । उनको स्वास्थ्य संस्थामा उपचार भइरहेको  छ ।

 
२०७२ वैशाखको विनाशकारी भूकम्पले चर्किएर कमजोर भएको कच्ची घरमा बस्दै आएका वृद्धको त्यही घर भत्किदा थिचिएर ज्यान गएको बेलकोटगढी–७ का वडाध्यक्ष हेमनिधि नेपालले बताए । परिवारका अन्य सदस्य नजिकैको अस्थायी टहरामा बस्दै आएकाले बाँच्न सफल भए । 

वृद्ध तामाङ भने छोरासहित चर्किएको घरमा बस्दै आएकाले यो दुर्घटना भएको वडाध्यक्ष नेपालले बताए  । उनको शव अस्पतालमा पोष्टमार्टम गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.