डिपीएल विजेताले ३० लाख पाउने

डिपीएल विजेताले ३० लाख पाउने

धनगढी : सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग (डिपीएल) को तेस्रो संस्करण माघ २६ देखि सुरु हुँदै छ। 

प्रतियोगिताका लागि तयारी सजावट बाहेक सबै काम पुरा भएको छ। प्रतियोगिताको पुरस्कार यस संस्करणमा २० प्रतिशतले बढाएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए। 

प्रतियोगितामा विजेताले ट्रफीसहित ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले चार लाख र चौथो हुनेले दुई लाख पाउने आयोजकले जानकारी दिएको छ। 

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्ड स्टार गोल्डेन स्पाइक सुनको जुत्ता प्रदान गरिने जनाइएको छ। हरेक खेलका म्यान अफ द म्याचलाई १५ हजार र छक्का क्याच गर्ने दर्शकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको हो।
    
प्रतियोगिताको दोश्रो संस्करणको विजेताले उपाधिसहित नगद २५ लाख रुपैयाँ प्राप्त गरेको थियो भने उपविजेताले १० लाख प्राप्त गरेको थियो ।  

 धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। पुरस्कार रकममा मात्रै ६० लाख खर्च हुने समेत आयोजकले जनाएको छ। फागुन ११ गतेसम्म हुने प्रतियोगिता यस पटक धनगढी–३ बोराडाँडीमा रहेको फाप्ला क्रिकेट मैदानमा हुने छ। 

यसअघि धनगढीकै संघीय प्रहरी कार्यालयमा खेल हुँदै आएको थियो। फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को मापदण्ड अनुसार अन्तराष्ट्रिय स्तरको मैदान निर्माण तयार भएको छ।

१ सय ९५ फिट लम्बाई बाउन्ड्री लाइन रहने गरी निर्माण सुरु गरिएको मैदानमा पाँच वटा पिच निर्माण भएका छन्। बिगतमा दुई पिचमा प्रतियोगिता आयोजना गरिए पनि पहिलो पटक ५ पिच तयार गरिएको आयोजकले जनाएको छ। पिच ७८ फिट लम्बाई र १० फिट चौडाई रहेको छ।

आयोजकले खेल मैदानमा १० लाख भन्दा बढी रकम खर्च गरेर पाँच हजार भन्दा दर्शक अटाउने क्षमताका कृत्रिम प्याराफिट निमार्ण गरेको छ। प्रतियोगिता सम्पन्न गर्न पाँच करोड बढी लगानी लाग्ने अनुमान गरिएको छ।  

तेस्रो संस्करणमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपेन्देही च्यालेन्जर्स, विराटनगर किंग्स र काठमाडौं गोल्डन्स गरी ६ टोलीको सहभागिता रहने छ । उनीहरुमध्ये अधिकांश टोलीले २ विदेशी खेलाडी पनि अनुबन्धन गरी सकेका छन्। यस पटक डीपीएलमा भारत, पाकिस्तान, युएई, हंकङका खेलाडी खेल्दैछन्। भारतका आइपिएल खेलिसकेका रणजी ट्रफी, रेलवयजका उत्कृष्ट खेलाडीहरु यस पटक डीपीएलमा सहभागी हुनेछन्। साउथ अफ्रिकाका उत्कृष्ट क्रिकेटर जोन्टी रोड्स पनि आउने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.