भारतीय क्रिकेटर हरभजनको चड्कन खाएर जब रेस्लर भुइँमै ढले...
![भारतीय क्रिकेटर हरभजनको चड्कन खाएर जब रेस्लर भुइँमै ढले...](https://annapurnapost.prixacdn.net/media/albums/harvajan-singh_20190206131326_epT4QvRFsG.jpg)
नयाँदिल्ली : भारतीय क्रिकेटर हरभजन सिंहले क्रिकेट मैदानमा चमत्कार देखाउन छोडेको धेरै भइसक्यो । तर रेस्लिङको रिङभित्र उनले देखाएको ‘दादागिरी’को अहिले चर्चा छ ।
भज्जी भनेर चिनिने पूर्व स्पिनरलले जालन्धरस्थित भएको रेस्लिङको क्रममा स्टेजमै चढेर रेस्लरलाई नै यसरी थप्पड हिर्काए कि, सबै दंग परे । उनको सोही भिडियो अहिले भाइरल नै बनेको छ ।
पछिल्लो साता भज्जी ग्रेट खलीको एकेडेमी पुगे । जहाँ उनले कन्टिनेन्टल रेस्लिङ इन्टरटेन्मेन्ट (सिडब्लुई)को प्रमोशनमा भाग लिएका थिए । त्यहीँ उनले आफ्नो थप्पडको जादु देखाएका हुन् ।
प्रहरीको पहिरनमा आएका दुबेजी नामका रेस्लरले जब बाहिरै रहेका हरभजनलाई बोलाए, हरभजन सिधै रिङमा छिरे । रेस्लरले उनलाई सिधै किक हानेका थिए । तर भज्जीले उनको किक छल्दै यसरी थप्पड हाने कि, त्यसको आवाज बाहिरसम्मै आएको थियो ।
त्यति मात्रै नभएर भज्जीको थप्पडबाट रेस्लर रिङबाट बाहिर भुइँमै ढले । उनको उक्त भिडियो इन्स्टाग्राममा सार्वजनिक भएपछि अहिले भाइरल नै बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)