पाथीभरामा तीर्थयात्रीसँगै हिउँ खेल्नेको घुँइचो

पाथीभरामा तीर्थयात्रीसँगै हिउँ खेल्नेको घुँइचो

ताप्लेजुङ : पाथिभरामा हिमपात भएको छ। हिमपात भएपनि तीर्थयात्री आउने क्रम भने रोकिएको छैन।यहाँ गत वर्षको तुलनामा यस वर्ष बढी हिमपात भएको छ। बाक्लो हिमपात भएपछि हिउँ खेल्न पाथीभरा दर्शन गर्नेको घुइँचो लागेको छ।

होटल व्यवसायी इन्द्रनारायण भट्टराईले हिउँ हिउँ खेल्न पाथीभरा दर्शन गर्नेको घुईंचो लागेको बताए। तीर्थयात्री र हिउँ खेल्न आउने बढेपछि पाथीभरा क्षेत्रका फेदीसहित काफ्लेपाटी, भालुगौंडे, तेर्से, सेवारोचोकका व्यावसायी व्यस्त छन्।

पहिलेपटक प्रत्यक्ष रुपमा हिउँ देखेको झापाबाट पाथीभरा दर्शनका लागि आएका शैलेस थापाले बताए। 'अत्यन्तै खुसी लागेको छ,' हिउँ खेल्दै पाथीभरा माताको दर्शन गरियो', शुक्रबार पाथीभराबाट फर्किदै गरेका थापाले भने, 'हिउँको बारेमा सुनेको र पढेको मात्र थिएँ, अहिले साक्षात्कार गर्न पाएँ।'

पाथीभराको दर्शन गरे मनोकांक्षा पुरा हुने जनविश्वास छ। कञ्चनजंघा, कुम्भकर्णसहित एक दर्जन बढी हिमाल पाथीभराबाट आँखै अगाडी देख्न सकिन्छ। एक हप्तायता पाथीभरा क्षेत्रको सेवारोचोक हिउँले पुरेको छ।यस वर्ष दोस्रो पटक हिउँ परेको भालुगौंडेका कृष्ण लिम्बूले बताए।

मोटरबाटोको स्तरोन्नति पछि पाथीभराको काफ्लेपाटिसम्म सहजै साना सवारी पुग्न थालेका छन्। वर्षेनी तीर्थयात्रीहरु बढिरहेको पाथीभरा क्षेत्र विकास समतिका सदस्य गोपाल न्यौपाने बताए। 

पाथीभराको दर्शनका लागि झापा, काठमाडौ, सुनसरी, मोरङ लगायतका जिल्लाबाट आएकाहरु हिउँ खेल्न पाउँदा रमाइलो भएको बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.