मुस्ताङ-म्याग्दीमा चौथो पटक हिमपात

मुस्ताङ-म्याग्दीमा चौथो पटक हिमपात

बेनी : मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा दुई साताअघिको हिउँ पग्लिन नपाउँदै बिहीबार बिहानैदेखि पुनः हिमपात सुरु भएको छ ।  म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी, उपल्लो मुस्ताङको मुक्तिनाथ, लोमान्थाङ, छोसेर, घमी, समरका लगायत क्षेत्रमा माघ १२ र १३ गतेको हिउ पग्लिसकेको थिएन । 

बिहीबार बिहानैदेखि पुनः हिउँ पर्न थालेपछि अत्याधिक चिसो बढेको महशुस भएको छ । हिमपात र चिसोका कारण घरबाहिर निस्कन सक्ने अवस्था नरहेको धवलागिरी गाउँपालिका ७ ताकमका गोपाल आचार्यले बताए ।  

चिसोका कारण पर्यटकीय स्थलहरु सुनसान भएको र स्थानीयबासीको जनजिवन प्रभावित भएको मुक्तिनाथका सुरज गुरुङले बताए । 

हिमपातका कारण भेडा, च्याङग्रा, चौरीगाई लगायत बस्तुभाउलाई आहराको समस्या हुन थालेको जोमसोम ठिनीका कुलबहादुर थकालीले बताए । हिमपात र खराम मौसमका कारण पोखरा–जोमसोम हवाई उठान अवरुद्ध भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए । बेजोडका साथ हावा चलेको खड्काले जानकारी दिए । 

उनका अनुसार जोमसोम देखि उपल्लो मुस्ताङमा गाडीहरु नछुटेपनि बेनी–जोमसोम सडकमा दिउँसो सम्म सवारी साधन सञ्चालन भइरहेका छन् । मुस्ताङ र म्याग्दीमा यसपाली चौथो पटक हिमपात भएको छ । 

हिमपातका कारण म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जा पैदलमार्गबाट बिच्छेद भएको छ । केही दिनअघि हिउँ पन्छाएर खुलाइएको पैदलमार्ग पुनः हिउँले पुरिएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा यातायात सम्र्पक बिच्छेद भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । 

म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र टोड्केमा पनि हिमपात भएको छ । बर्षा र हिउँले खेतीबालीमा क्षति पुगेर कृषक चिन्तीत भएका मालिका गाउँपालिका ५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढाले बताइन् । 

मुस्ताङको मुक्तिनाथमा हिउँपरेपछिको दृष्य । तस्बिर : सुरज गुरुङ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.