बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हावाबाट अक्सिजन उत्पादन

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हावाबाट अक्सिजन उत्पादन

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हावाबाट अक्सिजन उत्पादनको सुरुवात गरेको छ ।

विरामीको उपचारमा प्रयोग गरिने हावाबाट उत्पादन गरिएको अक्सिजन प्रतिष्ठानका विभिन्न वार्डहरुमा पाईपलाईनबाट विस्तार गरी संचालनमा ल्याइएको छ ।

अक्सिजनको उत्पादनसँगै प्रतिष्ठानले अक्सिजनमा खर्च गर्दैआएको वार्षिक कराडौं रुपैयाँ रकम बचत हुने बताइएको छ । प्रतिष्ठानको हाताभित्र संचालनमा आएको अक्सिजन प्लान्टबाट बिहीबारदेखि हावाबाट प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन थालिएको छ । नयाँ अक्सिजन प्लान्टको उद्घाटन उद्घाटन बिपी प्रतिष्ठानका उपकुलपती डा. राजकुमार रौनियार र निर्देशक गौरीशंकर साहले संयुक्त रुपमा गरेका थिए ।

प्लान्टबाट प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन हुने प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर साह बताउँछन् । अक्सिजन प्लान्टबाट एक घण्टामा १० वटा सिलिण्डर भर्न सकिने बुस्टर क्षमता सहित दैनिक ६० सिलिण्डर भर्न सकिने प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारको भनाइ छ ।

रौनियारका अनुसार प्रतिष्ठान अब आत्मनिर्भर हुनुका साथै बिरामीको उपचारमा सहज भएको छ । अक्सिजन उत्पादन भएसँगै प्रतिष्ठानका वार्डहरु, आईसियू, एनआईसियू लगायत अतिआवस्यक स्थानमा पाईपलाइनबाट अक्सिजनको विस्तार भएको छ । अक्सिजन उत्पादनका लागि तीनजना प्राविधिक परिचालन समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.