तीन दिन पानी पर्ने : जनजीवन प्रभावित

तीन दिन पानी पर्ने : जनजीवन प्रभावित

काठमाडौं : सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण देशभर वर्षा र हिमपात सुरु भएको छ।  जम्मुकाश्मिरहुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षाका साथै हिमपात हुने सम्भावना रहेको छ। 

महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार मौसमको यो प्रणालीले पश्चिममा बुधबार दिउँसोदेखि नै प्रभाव पारेको र बिहीबार बिहान काठमाडौँसम्म आइपुगेको जानकारी दिए। 

‘अहिले काठमाडौँ पश्चिमतिरका क्षेत्रमा पानी परिहेको छ। यो क्रम पूर्वतिर सरिरहेको छ’, उनले भने, ‘यो अवस्था तीन दिनसम्म कायम रहन सक्नेछ।’

हिमाली क्षेत्रमा पनि व्यापक हिमपातको सम्भावना देखिएको छ। ‘बादलको प्रकृति हेर्दा पश्चिमी हिमाली क्षेत्रमा बिहीबार बिहानैदेखि हिमपात भएको हुनुपर्छ, शुक्रबार काठमाडौँ आसपासका अग्ला भूभाग फुल्चोकी, दामन, चन्द्रगिरिलगायत स्थानमा पनि हल्का हिमपात हुने देखिन्छु’, मौसमविद् पौडेल भने।

मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ।आकाश खुल्ने र घाम लाग्ने स्थिति नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ।

शनिबारसम्म पश्चिममा आकाश केही खुल्ने जानकारी दिँदै उनले काठमाडौँ पूर्वतिर भने शनिबार पनि यसका अवशेष देखिने बताए।

‘पूरै देशभरिको आकाश खुल्न भने आइतबारसम्म नै कुनुपर्छु’, मौसमविद् पौडेलले भने। 

मौसम विभागको तीन दिने पूर्वानुमान 

बिहीबार दिउँसो 
देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ। पश्चिमी र मध्य भेगका धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष हुने छ। पूर्वी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

साथै पश्चिमी र मध्य भूभागको थोरै स्थानमा भारी वर्षा हुने सम्भावना देखिन्छ। उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।  मध्य र पश्चिमी  उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ।

बिहीबार राति 
देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा  हुनेछ। केही स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्का हिमपातको सम्भावना छ। 

शुक्रबार दिउँसो 

बिहीबार जस्तै शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका अधिकांश स्थानमा वर्षा हुनेछ। केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। 

उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हिमपातको सम्भावना रहेको छ। 

शुक्रबार राति 
देशभर सामान्य बदली रहने देखिन्छ। देशभर वर्षा हुने सम्भावना छ। पूर्वी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना। हिमाली क्षेत्रमा हिपात हुनेछ।

शनिबार दिउँसो

बिहीबार र शुक्रबारजस्तै शनिबार पनि मौसम बदली रहने छ। पश्चिमी क्षेत्रमा आंशिक बदली हुनेछ भने मध्य र पूर्वी क्षेत्रमा सामान्य बदलीको सम्भावना छ। शनिबार रातिसमेत मध्य र पूर्व क्षेत्रमा आंशिक बदली हुनेछ भने पश्चिमी क्षेत्रमा सामान्यतया सफा हुने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.