अंशबारे विवाद हुँदा ढुंग्रीले हानेर ससुराको हत्या

अंशबारे विवाद हुँदा ढुंग्रीले हानेर ससुराको हत्या

ओखलढुंगाः आगो फुक्ने फलामको ढुंग्रीले हानेर एक बुहारीले ससुराको हत्या गरेकी छन्। सिद्धिचरण नगरपालिका-४ रुम्जाटारकी ३५ वर्षीया तारादेवी गुरुङ अंशका विषयमा विवाद हुँदा बिहीबार बिहान १० बजे ढुंग्री प्रहार गरेर ७५ वर्षीय ससुरा रामकाजी गुरुङको हत्या गरेकी हुन्। 

फलामको ढुंग्री टाउकोमा प्रहार गर्दा गुरुङको घटनास्थलमै ज्यान गएको स्थानीयले बताए। चौकी नजिकै भएकाले अभियुक्तलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो।

छुट्टिएर अलगै घरमा बस्दै आएकी तारादेवीले अंश तथा जग्गाको विवाद हुँदा ससुरामाथि ढुंग्री प्रहार गरेर हत्या गरेको प्रहरी निरीक्षक शरणकुमार दाहालले बताए।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.