प्रहरीकै शैक्षिक प्रमाण–पत्र नक्कली
काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालमा नयाँ भर्ना भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) इन्द्रबहादुर चन्दको प्रमाण–पत्र नक्कली भएको खुलेको छ ।
अख्तियार दुरुपयाग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा असई चन्दको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली पाइएको हो।
माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएको खुलेको हो।
नक्कली प्रमाण–पत्रको प्रयोग गरेर लाभ तथा सुविधा समेत लिएको प्रमाणित भएपछि अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
भ्रष्टाचार निवारण ऐन अनुसार सजाय मागदाबीसहित विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर भएको हो।