पूर्वाधार बैंकलाई संचालन अनुमति

पूर्वाधार बैंकलाई संचालन अनुमति

काठमाडौं : राष्ट्र बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले पूर्वाधार विकास बैंक संचालन अनुमति दिने निर्णय गरेको छ ।  बैंक संचालक समितिले निर्णय गरेपनि माइनुट लेख्न भने वाँकी रहेको राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बताए । ‘माइनुट लेखेर सबैले हस्ताक्षर गर्न भने वाँकी छ’, उनले भने ।

राष्ट्र बैंकले बैंक संचालन अनुमति दिएपछि २० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नेपालकै ठूलोे पूर्वाधार विकास बैंक संचालनमा आउनेछ । पूर्वाधार विकास बैंक संचालनका आवश्यक तयारी सम्पन्न भएको भइसकेको छ । सार्वजनिक निजी–साझेदारी मोडलमा स्थापना हुन लागेको पूर्वाधार विकास बैंकमा नेपाल सरकारको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकमा ३० प्रतिशत सर्वसाधारणको सेयर रहने छ भने कर्मचारी संचयकोष र नागरिक लगानी कोषको १०/१० प्रतिशत सेयर स्वामित्व रह्ने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.