अनौठो सम्बन्ध : बाँदरलाई १७०० रोटी नियमित खुवाउँछन् स्वप्निल

अनौठो सम्बन्ध : बाँदरलाई १७०० रोटी नियमित खुवाउँछन् स्वप्निल

नयाँदिल्ली : भारतको गुजरातस्थित एउटा गाउँ छ, अस्लाली गाउँ । यसको छेउमा रहेको हरियाली चौरमा थुप्रै लंगुर बाँदर खानाको खोजीमा आउँछन् ।

बालबालिकाहरु ती बाँदरलाई देखेर भाग्छन्, युवाहरु लखेट्छन् । जमालपुर दरवाजाका स्वप्निल सोनी भने ती बाँदरको लागि खाना बोकेर पुग्छन् त्यहाँ । हरेक सोमबार बिहान उनी ती बाँदरको लागि १७ सयवटा चपाती (रोटी) बोकेर पुग्छन् त्यहाँ । चौरमा बसेर स्वप्निलले हरेक बाँदरलाई रोटी बाँड्न थालेको १० वर्ष भइसक्यो ।

स्वप्निलको यस्तो काम देखेर सबै दंग पर्छन् । सुरुमा त उनलाई देखेर मान्छेहरु हाँस्थे पनि । पछिल्लो समय चाहीँ स्वप्निलको कामबाट प्रभावित भएर केही युवाले उनलाई साथ दिन्छन् ।

स्वप्निल त्यहाँ बाँदरहरुसँग २ देखि ३ घण्टा रमाइलो समय बिताउँछन् । उनी आफ्नो परिवारका सदस्यलाई पनि सँगै लिएर जान्छन् । अचेल त उनको यो पेशा जस्तै बनेको छ । अलजजिरा लगायत केही मिडियाले समेत उनको यस्तो कामको भिडियो रिपोर्ट बनाएपछि यस कामको प्रभाव झन बढेको स्वप्निल बताउँछन् ।

उनी भन्छन्, ‘अचेल त म पनि ती बाँदरको परिवारकै सदस्य पो हुँ कि जस्तो लाग्छ । वा ती मेरो परिवारका सदस्य हुन् ।’ स्वप्निलको यस्तो काम प्रेरणादायी नै बनेको छ । बाँदरलाई पनि खाना चाहिने भएकाले खाना खुवाएर मानवीय भाव प्रकट गर्नुपर्ने ठान्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.