८४८ उपसचिव समायोजन : आठले मात्र रोजे प्रदेश (सूचीसहित)
काठमाडौं : समायोजन भएका उपसचिवको विवरण सार्वजनिक गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी प्रशासन सेवाका उपसचिवको समायोजन गरिएको विवरण सार्वजनिक गरेको हो।
नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राज पत्रांकित द्वितीय श्रेणीका ८ सय ४८ जना मध्ये अधिकांशले संघ रोजेका छन्।
८ जनाले प्रदेश र ४ जनाले स्थानीय तह रोजेका छन्। ६६२ जना सहसचिवको समायोजनको कार्य समेत अघि बढेको छ।
सरकारको नियमित पत्रकार सम्मेलनमा सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटाले विशिष्ट श्रेणी वा राजपत्रांकित प्रथम श्रेणीसम्मका सबै कर्मचारीको समायोजन सकिएको जानकारी दिए।