झापाको अर्जुनधारामा माछा मार्न खोज्दा अजिङ्गर भेटियो
झापा : झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार आज बिहीबार स्थानीयबासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् ।
आठ किलो तौल र ६ फिट लम्बाइ भएको सो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् ।
प्रहरी नायब निरीक्षक राजन खड्काले वन कार्यालयको निर्देशनमा अजिङ्गरलाई संरक्षणका लागि अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वनलाई हस्तान्तरण गरिने बताए ।
–रासस