मोबाइल हस्पिटलमा निःशुल्क शल्यक्रिया

मोबाइल हस्पिटलमा निःशुल्क शल्यक्रिया

काठमाडौं : रोग पालेर बस्नु भएको छ ? त्यस्तो छ भने नआत्तिनुहोस् । आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसकेका गरिब बिरामीका लागि स्वास्थ्य मन्त्रालयले निःशुल्क बृहत् शल्यचिकित्सा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको छ । स्थानीय तह मातहतका सरकारी अस्पतालमा कार्यरत र नेपाली सेनाका वरिष्ठ शल्यचिकित्सकले गरिब बिरामीको निःशुल्क शल्यक्रिया गर्नेछन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको संयुक्त सहकार्यमा विपन्न बिरामीको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्न लागिएको हो । सप्तरीस्थित सगरमाथा अञ्चल अस्पतालमा फागुन पहिलो साता निःशुल्क शिविर गरी अभियान सुरुवात गरिने छ ।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा.विकास देवकोटाका अनुसार आर्थिक अवस्था न्यून भएका बिरामीलाई लक्षित गरी शिविर आयोजना गर्न लागिएको हो । पेट, आँखा, नाक, कान घाँटी, आँखा, जनरल सर्जरी, मिर्गौला, नसा तथा हड्डी, स्त्री रोग, हाइड्रोशील, हर्नियाका बिरामीले शिविरमा लाभ लिन सक्ने छन् । बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म बहिरंग विभाग (ओपीडी) सञ्चालन गरिने छ । 

सेनाका सहायक रथी यामप्रसाद ढकालका अनुसार, सातहजारदेखि बाह्र हजार जना बिरामीले उपचार सेवा पाउने अपेक्षा गरिएको छ । ‘सेनाको मोबाइल हस्पिटल पुरै जानेछ । शल्यक्रिया पछि बिरामीलाई आरामका लागि पनि शड्ढयाको व्यवस्था छ’, उनले भने । बरिष्ठ चिकित्सकको संयुक्त टोलीले १ सय भन्दा बढी बिरामीको शल्यक्रिया गर्नेछन् । दैनिक एक हजार बिरामी बहिरंग विभागमा उपचार गर्न आउने अपेक्षा गरिएको सहायक रथी ढकालले बताए । 

मुख्य शल्यक्रिया दैनिक ६ वटासम्म गर्ने लक्ष्य राखिएको छ । साधारण खालको शल्यक्रिया तीसवटासम्म गर्ने योजना छ । मुलुकका सातवटै प्रदेशका स्वास्थ्य सूचक कमजोर रहेका जिल्लामा निःशुल्क शल्यक्रिया सञ्चालन गरिने मन्त्रालयको योजना छ ।

शिविरमा प्रयोगशाला, भिडियो एक्सरेलगायतका सुविधा उपलब्ध हुनेछ । बिरामीको संख्या धेरै भए केही दिन थप गर्न सकिने सेनाका प्रवक्ता सहायक रथी ढकालले जानकारी दिए । सेनाको मेडिकल कोरबाट १३६ जना र स्थानीय युनिटबाट १ सय गरी २३६ जना स्वास्थ्यकर्मीको टोली शिविरमा परिचालन हुनेछन् ।

‘बिरामी आउने बित्तिकै शल्यक्रिया गर्न सकियोस् भनेर व्यवस्थित गर्न लागिरहेका छौं’, डा.देवकोटाले भने । स्वास्थ्य सूचकहरू न्यून रहेको स्थानमा शिविर गर्ने सरकारी योजना हो । 

अन्य प्रदेशमा पनि सहकार्य गरी शिविर सञ्चालन गरिने छ । शिविरमा विशेषज्ञसहितको विशेष समूह रहने भएकोले शल्यक्रिया गर्नुपर्ने खालका बिरामीलाई सेवा लिन आव्हान गरिएको उनले बताए । यस खालको शिविर अन्य प्रदेशमा पनि गरिने सेनाका प्रवक्ता सहायक रथी ढकालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.