घरमा आगो लाग्दा २० लाखको क्षति

घरमा आगो लाग्दा २० लाखको क्षति

विराटनगर : मोरङको रतुवामाई नगरपालिका-७ गढीझारका गंगाबहादुर बस्नेतको घरमा बिहीबार राति आगलागी हुँदा करिब २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

राति ११ बजे लागेको आगोले दुई तले घर पूर्ण रुपमा ध्वस्त हुँदा २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए।

उनका अनुसार भन्सा घरको चुल्होमा बालिएको आगो एक्‍कासी घरमा सल्किएको थियो।आगोले घरसहित गरगहना, अन्नपात, नगद, लत्ताकपडा, महत्वपूर्ण कागजपत्र, काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.