अरुण तेस्रोको विद्युत गृहमा बम विस्फोटन

अरुण तेस्रोको विद्युत गृहमा बम विस्फोटन

खाँदबारी : संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थलमा बिहीबार राति अज्ञात समुहले बम विस्फोटन गराएको छ। चिचिला गाउँपालिका-३ पुखुवामा रहेको विद्युत गृहस्थलमा ३ वटा बम विस्फोटन गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम सारु मगरको नेतृत्वमा टोली घटनास्थल गएको र थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। बम विस्फोटनबाट सुरुङ प्रवेश मार्गको पानी निकाल्ने ठाउँमा सुरुङ खन्ने मेसिन र एउटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

निर्माणका क्रममा रहेको विद्युत गृहस्थित कार्यालयको करिब १ सय ५० मिटर टाढा तीनवटा बम विस्फोटन भएका थिए। बम विस्फोटन गराउने समुहको खोजी भइरहेको प्रहरी निरीक्षक रामेश्वर पण्डितले बताए। उनेले भने,' कुन उद्देश्यले विस्फोट गराइएको हो भन्नेबारे अनुसान्धन भइरहेको छ।'

उक्त क्षेत्रमा प्रहरीले सुरक्षा दिइरहेको थियो। यसअघि गत माघमा आयोजनाको सोहीस्थल पुखुवामा रहेको भवनमा बम पनि विस्फोट गराएको थियो। आयोजनाको पाँच कोठे उक्त भवनका दुई कोठामा पूर्ण रुपमा क्षति पुगेको थियो। सोही स्थानमा तीन वर्षअघि पनि नेत्र बिक्रम चन्द विप्लवको पार्टीले भवनमा आगजनी गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.