चट्याङ लागेर दुईको मृत्यु, चार घाइते

चट्याङ लागेर दुईको मृत्यु, चार घाइते

डडेलधुरा : चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने चार घाइते भएका छन्। जिल्लाको भागेश्वर गाउँपालिका- ५ सलेताकी २० वर्षीया सरस्वती नाथको  बिहीबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

राति सुतिरहेको अवस्थामा चट्याङ लागेर नाथको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।त्यस्तै, अमगढी नगरपालिका-३ रजोडामा पर्ने राजपुर सामुदायिक वन उपभोक्ता समुहको भवनमा सुतिरहेका बझाङ जिल्ला दुर्गाथली गाउँपालिका ७ का ४८ वर्षीय गोगन दौल्यालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ। 

भागेश्वर गाउँपालिका- ५ का चारजना घाइते भएका छ्न्। घाइते हुनेमा १५ वर्षीय देबेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ १२ वर्शीया शान्ति नाथ र ८ वर्षीय  खगेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.